Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न भिजन पेपर निर्माणको तयारी

सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न भिजन पेपर निर्माणको तयारी


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपर निर्माणको कार्य अघि बढाएको जानकारी दिएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०औँ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको समेत बताइन् ।

अर्थतन्त्रको तीनखम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्ने, बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सृजनाद्वारा उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताइन् ।

सहकारी र बैंकबीच कानुनी, प्रशासनिक तथा सैद्धान्तिक रुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामूहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहे पनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।

साथै उनले केही सहकारीले आधारभूत मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर गएर गरेको क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको भन्दै संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने हो कि भन्ने चिन्ता भइरहेको बताइन् । यस्तो अवस्था आउन नदिन सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिइन् । बचत तथा ऋण सहकारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यावहारिक समस्या छन् भने त्यसलाई हटाई साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको समेत उनले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभागमार्फत सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा निसर्त आबद्ध हुन् र सहकारी विभागमार्फत जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न समेत आग्रह गरिन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया