Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिदुःख बढ्यो, उत्पादन मूल्य बढेन

दुःख बढ्यो, उत्पादन मूल्य बढेन


सुबास बस्नेत
दोलखा, माघ २१
जिल्लाका अधिकांश किसान तरकारिको उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । जिल्लाको भीमेश्वर नगरपालिका क्षेत्रभित्रमा वार्षिकरूपमा चार करोडबराबरको तरकारी उत्पादन हुन्छ तर उत्पादक किसानले भने कम मूल्यमा नै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । किसानले उत्पादन गरेको तरकारिबाट बिचौलियाले फाइदा लिएर चर्को मूल्यमा बिक्री गर्ने गरेका छन् । तर, असली किसानले भने न्यून मूल्यमा चित बुझाउनु पर्ने बाध्यता रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ मकैबारीका अधिकांश किसानले सामूहिक तथा व्यक्तिगत कृषि फर्म नै दर्ता गराएर तरकारी खेती गरिरहेका छन् । सोही गाउकी मन्जु तामाङले १५ रोपनी जग्गामा सात जातको तरकारी खेती गरेकी छन् । उनले मौषमी तथा बेमौषमी तरकारी खेती गरेकी छिन् । उनले आफूले उत्पादन गरेको तरकारी डोकोमा बोकेर चरीकोट बजार ल्याएर चालीस प्रतिशत कम मूल्यमा बेच्नुपरेको दुखेसो पोखिन् ।

उनले चरीकोट बजारमा ल्याएको काउली बिचौलियाहरूले २५ रूपैयाँ सस्तोमा किनेर बजारका सर्वसाधारणलाई ३० रूपैयाँ नाफा खाएर बेच्ने गरेका छन् । सबैले तरकारी खेती गर्ने हुँदा आफूले सस्तोमा तरकारी बेच्नुपरेको उनको भनाइ छ । किसानबाट २०/२५ रूपैयाँमा किनेको काउली बजारका बिचौलियाहरूले ६० देखि ७० रूपैयामा बिक्री गर्ने गरेका छन् । अर्गानिक खानाको रूपमा प्रयोग गरिने कोदो, फापर पनि दोब्बर मूल्यमा किनेर खानु परेको स्थानीयको भनाई छ । बैतेश्वर गाउपालिका वडा नं ३ किसान गोपी खड्काले पनि गाउमा उत्पादन गरेको कोदो, फापर, मकै, अदुवा,लगायतका उपभोग्य सामान चरीकोट ल्याएर सस्तो मूल्यमा बिक्री गर्नुपरेको बताइन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया