सोलुखुम्बु । जिल्लामा किबी उत्पादनमा वृद्धि भएको छ । सोलुखुम्बुमा गत वर्षको तुलनामा यसवर्ष तीन मेट्रिकटनभन्दा बढी किबी उत्पादन भएको हो । गत वर्ष ६५ मेट्रिकटन किबी उत्पादन भएकोमा यसवर्ष बढेर ६८ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी कुल बहादुर राईका अनुसार गत वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो । अधिकारी राईले भने, ‘जिल्लामा पछिल्लो समय किबीखेती गर्ने किसानहरू बढ्दै छन्, तर रोपेको दुईदेखि तीन वर्षमा मात्रै उत्पादन दिन थाल्ने भएकाले उत्पादन क्षेत्र कम छ, केही वर्षभित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ ।’
सोलुखुम्बुमा हाल एक सय १५ हेक्टर क्षेत्रफलमा किबी खेती गरिँदै आएको छ । जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले उत्पादन दिन थालेको ज्ञान केन्द्रका तथ्यांक छ । अघिल्लो वर्ष १० हेक्टर क्षेत्रफलमा लगाइएको किबीले उत्पादन दिएको भए पनि यस वर्ष बढेर ११ हेक्टर जमिनमा लगाइएको किबीले उत्पादन दिएको हो । उत्पादकत्व भने गत वर्षभन्दा केही घटेको केन्द्रका सूचना अधिकारी राईले बताए ।
‘गत वर्ष प्रतिहेक्टर छ दशमलव ५० मेट्रिकटन उत्पादकत्व रहेकोमा यस वर्ष घटेर छ दशमलव १८ मेट्रिकटन पुग्यो । कतिपय पुराना बोटहरूले कम उत्पादन दिने भएकाले उत्पादकत्वमा केही गिरावट आएको हो’, उनले भने । जिल्लाको नेचाबेतघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्कलगातका क्षेत्रमा किबीखेती हुनेगरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया