सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट यसवर्ष मात्रै १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्लाबाहिर निर्यात भएको छ । यस वर्षको वैशाखदेखि मंसिरसम्ममा जिल्लाबाट १८ लाख रुपैयाँबराबरको १२ मेट्रिकटन खुर्सानी निर्यात भएको कृषि ज्ञाान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
यहाँको अकबरे खुर्सानीको माग पूर्वको धरान, मोरङ, काठमाडौँलगायतका स्थानहरूमा उच्च रहेको ज्ञान केन्द्रका सूचना अधिकारी कुल बहादुर राई बताए । उनका अनुसार माग बढेसँगै यसबाट राम्रो आम्दानी हुने देखिएपछि पछिल्लो समय धेरै कृषकहरू व्यावसायिक खेतीतर्फ अग्रसर भएका छन् । जसका कारण यस वर्ष जिल्लामा अकबरे खुर्सानीको उत्पादनमा ८ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी राईले बताए ।
गत वर्ष एक सय ४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष बढेर एक सय ५२ मेट्रिकटन उत्पादन भएको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष २० हेक्टर क्षेत्रफलमा हुँदै आएको खुसार्नी खेती गत वर्ष २१ दशमलव ३ हेक्टर पुगेसँगै उत्पादनमा वृद्धि भएको छ । गएको वर्ष २१ दशमलव ३ हेक्टरमा उत्पादन भएको केन्द्रका सूचना अधिकारी राईले जानकारी दिए । जिल्लाको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिका क्षेत्रमा व्यावसायिकरूपमा खुर्सानीखेती गरिँदै आएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया