Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअनन्तलिंगेश्वर बचत तथा ऋण सहकारीद्वारा आँखाशिविर सञ्चालन

अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारीद्वारा आँखाशिविर सञ्चालन


भक्तपुर, माघ २६
अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाले आँखाशिविर सञ्चालन गरेको छ । संस्थाका अनुुसार शनिबार सिटी आई केयर सेन्टर नयाँ ठिमी र डीएके फाउन्डेसन समेतको सहकार्यमा अनन्त शिक्षा सदनको प्रांगणमा एक दिने निःशुल्क आँखाशिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाट्न सूर्यविनायक नगरपालिकाका मेयर वाशुुदेव थापाले गरेका हुुन् । कार्यक्रममा मेयर थापाले नगरपालिकाले आफ्ना क्षेत्रका जनताको स्वास्थ्यलाई सधैं नै उच्च प्राथमिकतामा राखेर सरसफाइका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । ‘संस्थाले आयोजना गरेको यस्तो शिविरले आम नगरबासीमा स्वास्थ्यसम्बन्धी जनचेतना विस्तारमा ठूलो टेवा पुगेको छ’, उनले भने ।

शिविरमा दुुई सय ८० जना सर्वसाधारणको निःशुल्क आँखा उपचार गरिएको अनन्तलिंगेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुुजन राउतले बताए । उपचार गरिएकामध्ये १९ जनाको आँखा अपरेसन नै गर्नुपर्ने भएकाले उनीहरुको आगामी मंगलबार अपरेसन गर्ने व्यवस्था मिलाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आँखाशिविरसँगै संस्थामा बालबचत गर्ने ७० जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाका अध्यक्ष राउतले बताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटीका अध्यक्ष बच्चन देउजा, सूर्यविनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापा, सोही नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, सुुनपा ४ का वडा सदस्य राजुु लुुवाञ्जार, अनन्त शिक्षा सदनका संयोजक सुमन राउतसहितका व्यक्तिहरुका उपस्थिति रहेको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया