Techie IT
×
गृहपृष्ठसहकारी–कृषिसहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत


काठमाडौं । सहकारी विभागले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम गरेको छ । सहकारी संघसंस्थाका लागि आइतबारदेखि लागू हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत कायम गरिएको विभागले जनाएको छ ।

विभागद्वारा सहकारी संघसंस्थालाई जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको सिफारिसमा सन्दर्भ ब्याजदरको अधिकतम सीमा तोकेको जनाइएको छ । सूचनामा सबै सहकारी संघसंस्थाले सदस्यलाई ऋण प्रवाह गर्दा सीमा १६ प्रतिशतमा नबढ्ने गरी बचत र ऋणको ब्याजदरको अन्तर छ प्रतिशत कायम हुनेगरी र बचत तथा ऋणको कारोबार गर्ने सबै संघसंस्थाले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगततर्फ एक प्रतिशत र सामूहिक जमानीतर्फ १ दशमलव ५ प्रतिशतभन्दा बढी सेवाशुल्क लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गर्ने व्यवस्था गरिएको छ ।

तोकिएको सन्दर्भ ब्याजदर सहकारी संघसंस्थाका लागि निर्देशक ब्याजदरका रूपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघबाट पालनाको अनुगमन गर्दा सहकारी कानुनबमोजिम हुने विभागका रजिष्टार रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया