कञ्चनपुर । चुरे गाउँपालिकाको खानीडाँडामा रहेको स्वावलम्बी साना किसान महिला सहकारी संस्थाकी अध्यक्ष शान्ति बोहरालाई चार वर्षअघिसम्म मान्छेहरूका अघि उभिएर परिचय दिन समेत आपत पर्थ्यो । तर अहिले उनी खानीडाँडा क्षेत्रका साढे चार सय महिलाको नेतृत्व गरेर हिँड्न सक्ने भएकी छिन् । उक्त सहकारी २०७४ मा स्थानीय ३१ जना महिलाबाट पाँच हजार उठाएर सुरु भएको थियो । बोहरालगायतका महिलाहरूले सहकारीका सेयरसदस्य बढाउँदै हाल चार सय २१ जना बनाएका छन् ।
चार वर्षको अवधिमा सहकारीको कारोबार ४० लाख रूपैयाँभन्दा बढी छ । बचत, ऋण तथा कृषि क्षेत्रमा काम गरिरहेको सहकारीले छिटै रेमिट्यान्स सेवा सुरु गर्ने तयारी गरेको अध्यक्ष बोहराले बताइन् । त्यसका लागि कम्प्युटर, प्रिन्टरलगायतका उपकरण तयारी अवस्थामा छन् । उनिहरूलाई यहाँसम्म ल्याइपु-याउन गाउँपालिकाको साझेदारीमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडब्ल्यूआरएमपी)ले हातेमालो गरेको छ । ‘गठन हुँदा आवश्यक कागजी प्रक्रियादेखि सम्पूर्ण बाटो देखाउने काम आरभीडब्ल्यूआरएमपीले गरेको थियो,’ अध्यक्ष बोहरा भन्छिन्, ‘सहकारी जन्माएकै परियोजनाले हो । सहकारीको आमाबुबा भनेकै परियोजना हो ।’ परियोजनाको सहयोगमा सहकारीले खानीडाँडा आसपासका कृषकहरूलाई तीन वर्षअघि ७८ पोलिहाउस वितरण गरेको थियो । त्यसपछि गत वर्ष ३० वटा र यो वर्ष १७ वटा पोलिहाउस किसानहरूका करेसाबारीमा पुगेका छन् ।
परम्परागत तरकारी खेतीलाई बढी उत्पादनमूलक बनाउन र नयाँ प्रविधिको प्रयोग गर्न पोलिहाउस वितरण गरिएको परियोजनाका चुरे गाउँपालिका अधिकृत पूर्णानन्द अवस्थी बताउँछन् । कृषकहरूको तरकारी व्यवस्थापनमा सहज होस् भनेर परियोजनाले खानीडाँडा नजिकै सङ्कलन केन्द्र बनाइदिएको छ । कृषकहरूलाई विभिन्न घरेलु विषादी बनाउनेदेखि उन्नत जातका बीउ उपलब्ध गराउने गरिएको परियोजनाका कृषि प्राविधिक हेमराज जोशीले बताए । सहकारीमा अहिले दुई जना महिला कर्मचारी छन् । थप एक जना तरकारी सङ्कलनकर्ता राख्ने तयारी भएको छ ।
उक्त सहकारीले धेरै महिलाको जीवनमा परिवर्तन ल्याएको छ । सुरुवातीमा आफ्नो परिचय दिन नसक्ने महिलाहरू हाल आएर हरेक ठाउँमा गएर बोल्न सक्ने, तरकारी उत्पादन गरेर बेच्ने, सहकारीमा आउने, हिसाब आफैँ गर्ने, गाउँ–गाउँमा सहकारी शिक्षा दिन थालेको अध्यक्ष बोहराको भनाइ छ । सहकारीकै माध्यमबाट अहिले धेरै कुरा सिक्न पाएको सहप्रबन्धक पानसरा धामी बताउँछिन् । ‘सहकारीबारे विभिन्न तालिम लिएपछि धेरै कुरा बुझियो,’ उनी भन्छिन् ‘सहकारीको भवन बनेको छ, सङ्कलन केन्द्र बनेको छ । सहकारी धेरै महिलाको आय आर्जन गर्ने बाटो बनेको छ ।’
सहकारीमा एक वर्षअघिसम्म हातले नै लेखेर कारोबार गर्ने भए पनि हाल कम्प्युटर प्रविधि प्रयोगमा आएको धामी बताउँछिन् । ‘परियोजनाले नै कम्प्युटर, प्रिन्टरलगायतका उपकरण सहयोग गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया