Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारीमा युवा आकर्षण बढ्दो

सहकारीमा युवा आकर्षण बढ्दो

युवा संगमद्वारा निःशुल्क दन्त शिविर


बुटवल । संघीय सरकारले राष्ट्रियस्तरको सहकारी स्थापनामा बन्देज लगाए पनि प्रदेश र स्थानीय सरकारले सहकारी सञ्चालनको अनुमति दिँदा पछिल्लो समयमा सहकारी सञ्चालनमा आकर्षण बढ्दै गएको छ  ।

स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र सहकारी सञ्चालनको लागि अनुमति प्रदान गरेका छन् भने प्रदेशहरूले आफ्नो प्रदेशभरि शाखा सञ्जालहरूको साथ कारोबारको अनुमति दिएका छन् । त्यस्तै रूपन्देहीको सियारी गाउँपालिका–१ का युवाहरूले पनि सुरुमा तीन जिल्ला कार्यक्षेत्रको अनुमति लिएर सहकारी सञ्चालन गरी सहकारीमार्फत आर्थिक वृद्धि गरी अगाडि बढ्नुका साथै सामाजिक रूपान्तरणमा विशेष ध्यान दिने जमर्को गरेका छन् ।

सोहीअनुसार उनीहरूले स्थापना गरेको युवा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निःशुल्क दन्त शिविर कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष रमणी डुम्रेका अनुसार चिरायू डेन्टल केयर, बुटवल र डा. नेत्र भुषालको विशेष सहयोगमा निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको हो । उक्त शिविरमा तीन सयभन्दा बढी सेवग्राहीले आफ्नो दन्त परीक्षण गराएका थिए ।

सहकारी सञ्चालनमा आएको छोटो समयमै सेयर सदस्यहरूको आर्थिक र सामाजिक स्तर विकास गरी युवाहरूको रोजाइमा पर्ने लक्ष्यसहित अगाडि बढेको अध्यक्ष डुम्रेको भनाइ छ । तीन सय जना युवाहरूको सक्रियतामा सहकारी स्थापना भएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया