Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलसुनखेतीबाट मनग्य आम्दानी लिँदै कृषक

लसुनखेतीबाट मनग्य आम्दानी लिँदै कृषक


सुबास दोलखा । पछिल्लो समय दोलखा ग्रामीण भेगका कृषक व्यावसायिक मौसमी तथा बेमौसमी खेतीमा चासो दिन थालेका छन् । घर–घरमै खानेपानीको पहुँच पुगेपछि जिल्लाका दर्जनौँ किसानहरू मौसमी तथा बेमौसमी खेती गर्नतर्फ ध्यान दिन थालेका हुन् ।

यस्तै जिल्लाको बैतेश्वर गाउँपालिका–३ पाइलेका दर्जन बढी कृषकले यतिबेला बारीमा लसुन, आलु, केराउ, तोरी, प्याज र लसुनलगायतका बाली लगाएका छन् । यहाँका गोपाल कार्की र बिन्दा कार्कीले करिब एक रोपनी बारीमा लसुन खेती गरेको सुनाए । लसुन खेतीबाट नै उनीहरूले एक पटकमा एक लाखभन्दा बढी कमाउने गरेको गोपाल कार्कीले बताए । घरमा प्रयोग भएर फालेको पानीलाई सदुपयोग गरेर लसुनमा लगाउने गरेकाले सिँचाइको लागि पानी पनि प्राप्त पुग्ने उनको भनाइ छ । बर्खामा कमाइ लगाएर हिउँदमा खाली बस्ने बारीमा लसुनखेती गरेको कार्कीले सुनाए । त्यस्तै उनकी बुहारी बिन्दा कार्कीले पनि बारीमा लगाएको लसुनबाट ६० हजार रुपैयाँसम्म आम्दानी लिने गरेको बताइन् । गाउँमा प्रायः सबैले खेतबारीमा लसुनखेती गरेका छन् ।

यस्तै यहाँका कृषकले बेमौसमी अन्तरजाति बालीको खेतीमा समेत चासो देखाएका छन् । केही वर्षअघिसम्म खानेपानीको जोहो गर्न धौधौ रहेको पाइलेमा अहिले चैत वैशाखको सुक्खा समयमा पनि अन्तरजाति बेमौसमी खेतीले बारीका पाटाहरू हराबरा र हरियाली देखिएका छन् । बैतेश्वर गाउँपालिकाले विभिन्न गैरसरकारी संस्था र पालिकाको अनुदानमा ८० प्रतिशत बस्तीमा खानेपानीको पहुँच पुगेको छ ।

 

 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया