कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरसँगको सहयोगमा बजारका लागि आवश्यक संरचना निर्माण गरिरहेको हो ।
भीमदत्त नगरपालिकाका इन्जिनियर जयराज भट्टले एकीकृत कृषि बजारका लागि एक सय ५० सटर निर्माणाधीन अवस्थामा रहेको बताए । उनका अनुसार नगरपालिकाले एक सय सटर कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिमकेन्द्र सुन्दरपुरसँगको सहकार्यमा पालिकाको आफ्नै स्रोतबाट निर्माण भइरहेको हो ।
भीमदत्त–४ मा खुला मञ्च नजिकै निर्माण भइरहेको एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई योजनाको छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ । ५० सटरका लागि एमडी कस्ट्रक्सनसँग एक करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको छ भने एक सय सटर निर्माणका लागि एमके÷निरज जेभीसँगै तीन करोड ९६ लाखमा निर्माण सम्झौता गरिएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको इन्जिनियर भट्टको भनाइ छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य लिइएको छ ।
नगरपालिकाले कृषि उपजको बजारीकरणका लागि उक्त संरचना निर्माण गर्न लागेको हो । भीमदत्त नगरपालिका नगरप्रमुख सुरेन्द्र विष्टले कृषि उत्पादनको बजारीकरणका लागि संरचना निर्माण गरिन लागिएको बताए । उनका अनुसार संरचना निर्माण भएको सबै किसिमका कृषि उत्पादनलाई एकीकृत गरी बजार व्यवस्थापन गरिनेछ ।
नगरपालिकाले कृषि उत्पादनलाई बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्यलगायतका कामहरू सञ्चालन गरिरहेको छ । बजार निर्माण भएपछि यसबाट नगरपालिकाको आन्तरिक स्रोतमा पनि वृद्धि हुने नगरपालिकाले अपेक्षा लिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया