बारामा १५ हजार ५ सय १० हेक्टरमा चैते धानखेती
कलैया । बारामा आर्थिक वर्ष २०७८/०७९ मा कृषकले कूल १५ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
आर्थिक वर्ष २०७७/०७८ मा कृषकले कुल १२ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । गत साल भदैया धान प्रतिहेक्टर चार दशमलव तीन मेट्रिकटन, अगहनी धान चार दशमलव १५ मेट्रिकटनका दरले उत्पादन भएको थियो ।
यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धानखेती गरी १५ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रका कृषिविज्ञ राजकरण चौरसियाले जानकारी दिए । चैते धान प्रतिहेक्टर चार दशमलव ६३ मेट्रिकटनले दरले ६९ हजार नौ सय ७२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया