Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिस्थानीय बजारमा लसुनको मूल्य तेब्बर

स्थानीय बजारमा लसुनको मूल्य तेब्बर


सुबास बस्नेत
दोलखा, फागुन ५
दोलखाका अधिकांश बजारमा लसुनको मूल्य आकासिएको छ । लसुनको मूल्य बढेपछि बजारमा सहजरूपमा पाउनसमेत छाडेको स्थानीय उपाभोक्ताले बताएका छन् । सदरमुकाम चरीकोटको कृषि बजारका स्थानीय व्यापारीले लसुनको भाउ बढेपछि हरियो लसुनको सागबाहेक सुकेको लसुन बेच्न छाडेका छन् । चीनमा महामारीको रूपमा फैलिएको कारोना भाइरसका कारण सीमा नाका बन्द भएपछि लसुनलगायत खाद्यान्न सामग्रीको समेत मूल्य बढेको छ ।

चरीकोट बजारमा प्रतिकेजी दुई सय रूपैयाँमा पाइने लसुनको मूल्य अहिले प्रतिकेजी सात सय ५० रूपैयाँ पुगेको छ । भीमेश्वर नगरपालिका वडा नं .३ का स्थानीय व्यापारी राम श्रेष्ठले बजारमा लसुन नपाएपछि काठमाडौँमा नै प्रतिकेजी सात सय रूपैयाँमा किनेर चरीकोट ल्याउनेगरेको बताए । उनले ५० रूपैयाँ ढुवानी खर्च राखेर सात सय पचास रूपैयाँमा बेच्ने गरेको बताए ।

सदरमुकाममा लसुन पाउन छाडेपछि चरीकोटका होटल व्यवसायीहरूले लसुनको प्रयोग गर्न छाडेको बताएका छन् । दोलखामा लसुनको खेती कमै मात्रामा हुनेहुँदा स्थानीय व्यापारीहरूले चीन र भारतबाट लसुन आयात गर्दै आएका छन् । अघिल्लो महिना नेपाल र चीनको बीचमा रहेका सबै नाकाहरू बन्द भएपछि लसुन, प्याजलगायतका वस्तुको मूल्य बढेको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया