Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहजको इन्क्युबेसन कार्यक्रमबाट ८ कृषि व्यवसाय छनोट

सहजको इन्क्युबेसन कार्यक्रमबाट ८ कृषि व्यवसाय छनोट


काठमाडौं । सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम एनएमडीपी दोस्रो चरणको कार्यक्रम ‘एग्री बिजनेस इन्क्युबेसन कार्यक्रम’ अन्तर्गत ८ वटा कृषि व्यवसायमा आधारित आइडिया छनोटमा भएका छन् । एग्री बिजनेस इन्क्युबेसन कार्यक्रमले प्रदेश १ का कृषि उद्यमीहरूमा उद्यमशीलताका सीप र सोचाइहरूको विकास गर्ने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममार्फत छनोट भएका आठ आइडियाहरूले व्यवसाय वृद्धि विकास तथा विस्तारीकरणका लागि विजनेस इन्क्युबेसन, मेन्टरसिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच, एग्रि विजनेस सम्बन्धि विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्महरूको अवसर पाएका थिए । कार्यक्रमको अन्तिम चरणको रूपमा विराटनगरमा ‘डेमो डे’ गत सोमबार आयोजना गरिएको थियो । डेमो डेमा छनोट भएको आठ कृषि व्यवसायहरू शखाबुङ डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमूना कृषि, रीतिरिवाज आइसक्रिम, कुमारी फुड्स, ग्रीन प्लानेट मिसन, पाकशाला, किसानपिडियाहरूले आफ्नो व्यवसायबारेमा जानकारी दिँदै आफूले बनाएका समानहरू प्रदर्शन गरेका थिए ।

विकास तथा सहकार्यका लागि सहजद्वारा सुरु गरिएको परियोजना, आइडिया स्टुडियो नेपाल, कृषि मन्त्रालय प्रदेश १, पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संगठनको सहकार्यमा सञ्चालन भएको कार्यक्रम हो । यस कार्यक्रमले प्रदेश नम्बर १ मा उद्यमशीलताको सीप र सोचाइको विकास गर्दै स्थानीय संघसंस्थाहरूको उद्यमशीलताको क्षमतालाई समेत बढाउने उदेश्य लिएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया