नगरपालिकाद्वारा कृषकलाई ट्याक्टर वितरण
अर्घाखाँची, फागुन ९
सन्धिखर्क नगरपालिका कृषि शाखाले सन्धिखर्कका किसानहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । विभिन्न समूह तथा फर्ममा आबद्ध सन्धिखर्कका १२ अगुवा कृषकलाई बिहीबार एक कार्यक्रमबीच सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले हाते ट्याक्टर वितरण गरेका हुन् ।
ट्याक्टर वितरण गर्दै भुसालले नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि किसानलाई आवश्यक पर्ने सम्पुर्ण सामग्री बाँड्दै आएको बताए । उनले किसानलाई व्यावसायिक खेतीको निम्ति प्रदान गरिएका ट्याक्टरलगायतका सामग्रीहरूको दुरुपयोग नगरी ठीकसँग प्रयोग गर्न अनुरोध गरे । उनले कृषिमा आत्मनिर्भर बनाई नगरपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
सन्धिखर्क नगरपालिकामा एक वडा एक ट्याक्टर वितरण गर्ने कार्यक्रमअनुसार १२ वटै वडामा रहेका किसानहरूलाई ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए । उनले सन्धिखर्क नगरपालिकाको साना मेसिनरी औजार तथा अन्य सामग्री वितरण वार्षिक कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको बताए । वितरण गरिएको ट्याक्टरको मूल्य ५८ हजार पाँच सय रुपैयाँ रहेको बताइएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया