मुक्तिनाथ कृषि कम्पनीद्वारा एकैसाथ आठवटा सहायक पब्लिक कम्पनीको स्थापना
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्नो चौथो स्थापना अवसरको पारेर कृषि क्षेत्रमा विशिष्टीकृत वस्तु तथा सेवाहरू उपलब्ध गराउने लक्ष्यसहित एकैपटक आठवटा सहायक पब्लिक कम्पनीहरूको स्थापना गरेको छ ।
कम्पनीले मुक्तिनाथ सिड बैंक लि., मुक्तिनाथ फर्टिलाइजर बैंक लि., मुक्तिनाथ नर्सरी बैंक लि., मुक्तिनाथ लाइभस्टक बैंक लि., मुक्तिनाथ हर्बल बैंक लि., मुक्तिनाथ फुड बैंक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिब लि. गरी आठवटा सहायक कम्पनीहरूको स्थापना गरेको हो । कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरू प्रदान गरी कृषि चक्र बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो । कम्पनीले स्थापनादेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक साझेदार, कम्पनीहरू तथा फर्महरू, कृषकसमूह, सहकारीहरूसँग सहकार्य गर्दै कृषिको मूल्य श्रृंखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।
कम्पनीले ‘गाउँको उत्पादन सहरमा, सहरको पुँजी गाउँमा’ र ‘समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि’ भन्ने मूल मन्त्रलाई सार्थक तुल्याउन ‘कृषकसँग मुक्तिनाथ’ र ‘उपभोक्तासँग मुक्तिनाथ’ अभियानको सुरुवात समेत गरेको छ । कम्पनीले बितेका चार वर्ष विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरू, भइरहेका प्रयासहरू, व्यावसायिक अवसरहरू र समग्र कृषि क्षेत्रको विकासमा समग्र निजी क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरू पहिचान गर्नका लागि मुख्यतः व्यतित गरेको र स्पष्ट मार्गचित्र तयार गरेको उल्लेख गरेको छ । साथै कम्पनीले हाल कृषकहरूलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू मल, बीउ, रोग कीरा नियन्त्रक, औजारउपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरूको खरिद सुनिश्चितता गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणसम्बन्धी कार्यहरू गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरूमा विभिन्न व्यावसायिक साझेदारहरूको माध्यमबाट वस्तु तथा सेवाहरू प्रवाह गरेको छ । पोखरा, बुटवल र चितवनमा कम्पनीका प्रादेशिक कार्यालयहरू सञ्चालनमा छन् भने इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरू स्थापनाको अन्तिम चरणमा पुगेको जनाइएको छ । कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहनेछ भने हरेक सहायक कम्पनीहरूले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टीकृत वस्तु तथा सेवाहरूको उपलब्ध गराउनेछ ।
कम्पनीका अनुसार बीउ बैंकले गुणस्तरीय बीउ प्रवद्र्धन, मल बैंक मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरू उपलब्धता, लाइभस्टक बैंक पशुपन्छीजन्य उत्पादनहरूको उत्पादकत्व वृद्धि, हर्बल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको समृद्धिको लागि, मेसिनरी कम्पनी नेपाल उपयोगी औजारउपकरण उत्पादन, र ट्रेड्रिङ कम्पनीले एकैठाउँबाट कृषक र उपभोक्ताहरूलाई आवश्यक सामग्रीहरूको वितरणका कार्यहरू गर्नेछन् ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया