Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिआर्जन बचत तथा ऋण सहकारीको १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

आर्जन बचत तथा ऋण सहकारीको १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित


काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले संस्थाले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो ।

साथै सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन पनि सर्वसम्मतले पास गरेको छ । चुक्ता पुँजी तीन करोड ३७ लाख ३९ हजार सात सय रहको संस्थाले आव ०७८/०७९ मा एक करोड चार लाख ३८ हजार पाँच सय सात रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार छ सय १५ रूपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो ।

सभामा ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले साउन १९ गतेबाट महानगरले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गरे । यस्तै सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा संस्थाले ०७९ सालको एसईईमा सर्वाेकृष्ट नतिजा ल्याउने नौ जना सेयरधनीका छोराछोरी, संस्थामा उत्कृष्ट कारोबार गर्ने दुई जना सेयरधनीहरू र संस्थामा पाँच वर्षभन्दा बढी लगातार कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया