Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसोलुको एक सय ५० हेक्टरमा अलैँचीको खेती

सोलुको एक सय ५० हेक्टरमा अलैँचीको खेती


सोलुखुम्बु । सोलुखुम्बुमा एक सय ५० हेक्टरमा अलैँचीखेतीको क्षेत्र विस्तार गरिएको छ । आर्थिक वर्ष २०७८–७९ मा ६० हेक्टरमा अलैँची खेती विस्तार गरिएको पाइएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी कुल बहादुर राईका अनुसार एक सय ५० हेक्टरमा एक सय ३० मेट्रिक टन अलैँची उत्पादन भएको छ । आर्थिक वर्ष २०७७–७८ मा अलैँचीखेती विस्तारको क्षेत्र ९१ हेक्टर मात्रै थियो । सो वर्ष ७९ मेट्रिक टन अलैँची उत्पादन भएको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५–७६ मा ९० हेक्टरबाट ७८ मेट्रिक टन उत्पादन लिइएकोमा आर्थिक वर्ष २०७६–७७ मा ९४ हेक्टरमा अलैँचीखेती गरिएको थियो ।

केही वर्षअघिसम्म उत्पादन र बजार राम्रो पाएका कृषकहरू पछिल्ला वर्षहरूमा निरुत्साहित हुँदै आएका छन् । अलैँचीमा देखिएको रोग कीरा, उत्पादनमा आएको गिरावट र खस्कँदो बजारका कारण कृषकहरूमा निराशा छाएको महाकलुङ चाचालुङका पविन कुलुङले बताए । अलैँचीमा रोग कीरा लागेर मर्न थालेपछि कतिपय कृषकले बोट समेत उखेल्न थालेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया