Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिउपकार बचत तथा ऋण सहकारीको २८औं वार्षिक साधारणसभा

उपकार बचत तथा ऋण सहकारीको २८औं वार्षिक साधारणसभा


काठमाडौं । उपकार बचत तथा ऋण सहकारी संस्था लि.को २८औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । मध्यपुर थिमी–६ बाहाखा बजारस्थित सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कुनका पूर्वअध्यक्ष कैलाश भक्त प्रधानाङ्गले राजनीतिक प्रभावले सहकारीलाई बिगारेको बताए ।

यस्तै उनले सहकारीलाई सरकारले कर बढाएको भन्दै यसलाई घटाउनु पर्ने बताए । ‘गर्भमेन्ट र सहकारी मुभमेन्ट मिलेन भने सहकारी अघि बढ्दैन’, उनले भने, ‘सहकारी सञ्चालनका १० सिद्धान्तलाई अनुसरण गरिएको छैन । त्यसले सहकारीमा अहिले बढ्दो रूपमा थुप्रै समस्याहरू देखा पर्न थालेका हुन् ।’ यस्तै भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि वल्लले बैंकहरूले नै निक्षेपकर्ताहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज दिने घोषणाले अब सहकारीमा ठूलो संकट देखा पर्ने बताए । सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव हरिकृण कालुले प्रस्तुत गरेका थिए । संस्थाको २०७८/७९ को असार मसान्तमा वासलात एक अर्बभन्दा माथिको रहेको छ । भक्तपुर जिल्लाकै एक अर्बभन्दा माथिको वित्तीय अवस्थामा सातवटा संस्थाभित्र यो सहकारी रहेको उनले बताए । यो सहकारीको सदस्य संख्या पाँच हजार सात सय ३३ रहेको छ । कार्यक्रममा संस्थाका वर्तमान अध्यक्ष कान्छा भक्त घजूले नाफालाई भन्दाबचत कर्ताको निक्षपलाई सुरक्षा गर्ने कुरामा जोड दिएको बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया