Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिऐँचोपैँचो सहकारीको ३४औँ वार्षिक उत्सव

ऐँचोपैँचो सहकारीको ३४औँ वार्षिक उत्सव


काठमाडौं । ऐँचोपैँचो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४औँ वार्षिक उत्सव तथा २९औँ वार्षिक साधारण शनिबार काठमाडौंको कालिमाटीमा सम्पन्न भएको छ ।

सभामा नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले वर्तमान अवस्थामा डिजिटल प्रविधिको प्रयोग र वित्तीय साक्षरता तथा वित्तीय हितको क्षेत्रमा संस्थाले कार्य गर्नुपर्ने कुरामा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष दयाराम प्रजापतिले वर्तमान आर्थिक संकटको समयमा सहकारीहरूले सिस्टम र सदस्य हितको क्षेत्रमा काम गरे मात्र दिगो रूपमा सञ्चालन हुनसक्ने कुरालाई मनन गर्दै संस्थालाई अगाडि बढाएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका शिक्षा उपसमितिका सदस्य शालिकराम कालाथोकीले गरेका थिए ।

यस वर्ष सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनको कार्यक्रम समेत भएको हुँदा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया