Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिधानको ‘समर्थनमूल्य’ तोकियो

धानको ‘समर्थनमूल्य’ तोकियो


काठमाडौं । सरकारले धानको न्यूनतम समर्थनमूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को कात्तिक १६ गतेको निर्णयानुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रूपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रूपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालू आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थनमूल्य मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ रूपैयाँ र मध्यम धानमा प्रतिक्विन्टल दुई सय २६ रूपैयाँले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल दुई हजार सात सय ५२ रूपैयाँ र मध्यम धानका लागि दुई हजार नौ सय दुई रूपैयाँ तोकेको थियो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ ।

चालू आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ । त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालू आर्थिक वर्षका लागि ३३ करोड रूपैयाँ विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागू हुनेछैन ।

हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल एक सय १२ रूपैयाँ खर्च समेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया