काठमाडौं विश्वविद्यालयको सहकार्यमा सहकारी डिप्लोमा कोर्स सञ्चालन
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । अगामी पुस १ बाट सुरु हुनलागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन गरिनेछ ।
महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. देवी बिँडारीले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले विश्वविद्यालयको सिकाइ अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुसरण गरेर कोर्स सञ्चालन गर्नेछ । महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ/संस्थाहरुमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा सञ्चालन गर्नका लागि यो कोर्स कोशेढुङ्गा साबित हुने दाबी गरे ।
नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्स संचालन हुन लागेको वताउदै महाप्रबन्धक सुब्बाले यसअघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अव अन्त्य भएको वताए । तीन महिने कोर्स पुरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ । पहिलो पल्ट सिमित सिटमा कोर्स पाइलटिङका रुपमा संचालन गर्न लागिएको सो कोर्सको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद भएको उनको भनाई छ ।
कार्यक्रकममा डिन वेडारीले विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्स सञ्चालन गरेको यो पहिलो पटक भएको बताए । केयुका उद्यमशीलता तथा मार्केटिङ विभागका प्रमुख डा. विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समूह कार्य र इन्टर्नसिपलगायतका प्रयोगात्मक विधिबाट सो कोर्स अध्यापन गराइने बताए । पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यसअघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्स डिजाइन गर्नेदेखि गरिबी निवारणमा सहकारीको योगदानसम्बन्धी अध्ययन अनुसन्धान कार्यसमेत सम्पन्न गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया