सोलुखुम्बु । सोलुखुम्बुको थुलङदुधकोशी गाउँपालिका क्षेत्रको सुन्तला बोटमै कीराको कारण धमाधम झर्न थालेपछि कृषक चिन्तित भएका छन् । जिल्लाको सुन्तला भण्डारको रुपमा रहेको देउसा र रणेम क्षेत्रको सुन्तला बोटबाटै औँसाको प्रकोपका कारण प्रयोग गर्न नमिल्ने भए पनि उनीहरुमा चिन्ता छाएको हो । बाहिरबाट हेर्दा आर्कषक देखिने अधिकांश सुन्तलाहरुभित्र औँसाले सखाप बनाइरहेको स्थानीयले बताएका छन् ।
कीराको प्रकोपले पाकेर पहेँला भएका सुन्तला झर्ने समस्या बढेको थुलुङ दुधकोशी गाउँपालिका ८ देउसाका कृषक मणिकुमार राईले बताए । उनले भने, ‘वर्षभर मेहनत गरेर खेती गरियो तर बिक्री गर्ने समयमा प्रकोपले यसरी दुःख दियो, यसको उपचार के गर्ने भन्ने ज्ञान पनि हामीसँग छैन ।’ बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यसवर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने आकलन गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ । गत वर्ष लाखौँको सुन्तला निर्यात भएको देउसा, रणेम क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको कृषक सुकुमाया राईको भनाइ छ । सुन्तलाको व्यवसायीकरणमा सघाउन देउसा, रणेम क्षेत्रमा जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ ।
बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने कीराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ । अहिले झरेका फलहरुको कीरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकारहरु बताउँछन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जिल्लामा सुन्तला बगैँचामा कीराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ । झरेका फलबाट थप अन्य बोटमा समेत कीरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न ज्ञान केन्द्र प्रमुख दुर्गा बहादुर तिरुवाको सुझाव छ ।
उनका अनुसार, म्याग्दीमा यस वर्ष सुन्तलाको फल ठूला लागे पनि कीराको प्रकोपले करिब ३० प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा दुई सय ९५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको ज्ञान केन्द्रको तथ्यांक छ । गत वर्ष एक हजार एक सय ३४ मेट्रिक टन सुन्तला उत्पादन भएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया