स्थानीय तहले नियमन गर्न नसक्दा सहकारीहरुमा भद्रगोल

काभ्रे, फागुन २५
स्थानीय तहले नियमन गर्न नसकेका कारण सहकारी भद्रगोल अवस्थामा पुगेको स्थानीय तहका अगुवाहरुले नै बताएका छन् । नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले काभ्रेका स्थानीय तहसँग गरेको धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तहमा सहकारी’ विषयक छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधि तथा कर्मचारीले सहकारीलाई प्राथमिकता दिन नसकेको स्वीकारेका हुन् । सहकारी क्षेत्रको प्रशासनिक व्यवस्थापन गर्न असहज भएको काभ्रेका स्थानीय तहको अनुभव छ । देश संघीयतामा गएसँगै सहकारी दर्ता, नियमन र खारेज गर्ने अधिकार स्थानीय तहलाई छ । स्थानीय तहको मातहतमा २९ हजार, प्रदेश मातहतमा ६ हजार र एक सय १८ वटा सहकारी सहकारी विभागअन्तर्गत छन् । स्थानीय तहले सहकारीमा ध्यान दिन नसक्दा विकृति बढ्न थालेको छ । कर्मचारी अभाव हुनुका साथै स्थानीय तहमा सहकारी उपेक्षामा पर्दा वित्तीय जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला सहकारी संघका सचिव दिलीप शर्माले तत्कालीन समयमा डिभिजन कार्यालयले एक हजार चार सय ९७ सहकारीको पोको हस्तान्तरण गरे पनि स्थानीय तहले अद्यावधिक गर्न नसकेको बताए । काभ्रेका एक लाख ३० हजार मानिस सहकारीमा आबद्व छन् । शर्माका अनुसार फिल्डमा गएर कुन सहकारी सक्रिय छ र कुन निष्क्रिय छ भन्ने छुट्याउन समस्या भइरहेको बताए ।
मण्डनदेउपुर नगरपालिका उपप्रमुख निर्मला शाही स्थानीय सरकार आफैं अलमलमा परेका कारण सहाकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकेको स्वीकार्छिन् । ‘सहकारी मात्र होइन, हामीले स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनका आधार निर्माण र कार्यान्वयन गर्नुपर्ने भएकाले धेरै कुरामा अप्ठ्यारो छ’, उनले भनिन् । पाँचखाल नगरपालिका उपप्रमुख लक्ष्मी दनुवारले सहकारी क्षेत्र उत्पादन र बजारीकरणलगायत ग्रामीण अर्थतन्त्रसँग जोडिएको भए पनि प्राथमिकतामा पर्न नसकेको बताइन् । नमोबुद्ध नगरपालिकाका सहकारी शाखा अधिकृत विमल कोइरालाले दर्र्ता भएका एक सय चार सहकारीमध्ये आधा मात्रै सञ्चालनमा रहेको बताए । ‘बाँकी सहकारी कस्तो अवस्थामा छन् भन्ने जानकारी छैन’, उनले भने । कानुनी अस्पष्टता र जटिलताका कारण सहकारी क्षेत्रलाई व्यवस्थित गर्न नसकिएको उनको भनाइ छ । पाँचखाल नगरपालिका कृषि तथा सहकारी शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले तत्कालीन डिभिजन सहकारी कार्यालयबाट नगरपालिकाले एक सय ३७ वटा सहकारीका फाइल बुझेको भए पनि सामान्य कागजातबाहेक थप कागजात नरहेको र संस्थाको वार्षिक प्रगति विवरणलगायत तथ्यांक नगरपालिकासँग नआउने गरेको बताए । सहकारी क्षेत्रका लागि नगरपालिकाले बजेट नै नछुट्याइएका कारण नियमन गर्न समस्या भएको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले योजनाविनै स्थानीय तहमा सहकारी हस्तान्तरण गर्दा भद्रगोल अवस्था आएको बताए ।
ताजा अपडेट
- ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग
- अमेरिकासँग चीनको व्यापार बचत बढ्यो
- भारतमा ह्वाट्सएपविरुद्ध पहिलोपटक मुद्दा दर्ता
- वेल्स फर्गोका प्रमुख कार्यकारीले खर्च कटौती योजना ल्याउने
- ढाका उडानमा छ विदेशी हवाइ कम्पनीको चासो
- टेस्लापछि अर्को अमेरिकी कम्पनी पनि भारत आउँदै
- सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै
- राजधानीमा रोजगार मेला सुरु
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
तपाईको प्रतिक्रिया