मध्यपुर बचत तथा ऋण सहकारीद्वारा खुला रक्तदान कार्यक्रम
काठमाडौं । मध्यपुर बचत तथा ऋण सहकारी संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमी–३ गठ्ठाघर भक्तपुरमा कार्यालय रहेको संस्थाले शनिबार आफ्नो कार्यालयपरिसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नारासहित शनिबार आकस्मिकरुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको उक्त संस्थाका सञ्चालक समिति अध्यक्ष महेश्वरमान श्रेष्ठले बताए । नियमितरुपमा संस्थाको वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यो रक्तदान भने रेडक्रस कार्यालय जिल्ला शाखा भक्तपुरले रगतको अभाव भएको जानकारी दिएपछि उक्त अभाव परिपूर्ति गर्न आकस्मिकरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हौँ, उनले भने ।
जिल्ला रेडक्रस शाखा भक्तपुरकै प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको अध्यक्ष श्रेष्ठले बताए । ‘रक्तदान गर्नकै लागि भनेर आउनेको संख्या धेरै थियो, तर रक्तदान गर्न योग्य १७ जना मात्र देखियो’, उनले भने, ‘सहकारीमार्फत बचत परिचालन गरी सेयरसदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनु आफैँमा एउटा सामाजिक कार्य हो, त्योभन्दा पनि ठूलो कार्य रगतको अभावको छट्पटाइरहेका बिरामीको स्वास्थ अवस्थामा सुधार ल्याउनु हो, त्यही पुण्य कार्यको लागि हामीले खुला रक्तदान कार्यक्रम गरेका हौँ ।’ रक्तदान कार्यक्रममा सहभागी भएका सबैलाई धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले सबैले सेवाभावले सामाजिक कार्य गर्नुपर्नेमा जोड दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया