मिर्गेमा रुद्राक्षको परीक्षण खेती सफल
दोलखा । रुद्राक्षको खेतीप्रति चासो देखाएर परीक्षण खेती गरेका जिल्लाको बैतेश्वर गाउँपालिका–३ मिर्गेका पवन दाहालले सफलता हात पारेका छन् । सात वर्षअघि धनकुटाबाट रुद्राक्षका बिरुवा ल्याएर परीक्षणको रूपमा पाँचवटा बिरुवा रोपेको थिए ।
उक्त रुद्राक्ष गतवर्षदेखि फल्न थालेको र राम्रो उत्पादन भएको दाहालले बताए । उनका अनुसार रोपेकामध्ये दुई बोटबाट गतवर्ष ६० केजी रुद्राक्ष फलेको थियो । अब दोलखामा पनि व्यावसायिकरूपमै रुद्राक्ष खेती गर्न सकिने उनले बताए । तराई तथा मध्यपहाडी जिल्लामा व्यावसायिकरूपमा रुद्राक्षको खेती गरिए पनि दोलखा यसको खेती विस्तार हुन् ।
दाहालले उत्पादन गरेको रुद्राक्ष छमुखे र सातमुखे रहेका छन् । भर्खरै फल्न सुरु गरेकाले बजारमा मूल्य थाहा नपाएका कारण बिक्री गर्न भने नसकेको उनले बताए । यस वर्षदेखि बजारमूल्य बुझेर रुद्राक्षका दाना बिक्री गर्ने तयारी गरेको उनको भनाइ छ । यसवर्ष पनि दुई बोट एक सय केजीको हाराहारीमा बाक्लो रुद्राक्ष फलेको दाहालले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया