बाँकेमा किसानको धान खरिद सुरु
नेपालगञ्ज । बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद मंगलबारदेखि सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ ।
‘पहिलेजस्तो भिडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले भने । उनले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गरे । खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ । ‘पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरूले मात्रै धान बेच्ने हुन्थ्यो तर अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ’, लामिछानेले भने । गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताए ।
किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिसपत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उनको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ । धान बेच्न आएका जानकी गाउँपालिकाका किसान रूपबहादुर कार्कीले जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्यो बेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । उनले आफूले डेढ बिघा खेतको मध्यम मोटा र मसिनो धान बेच्न ल्याएको जानकारी दिँदै बिचौलियाका कारण किसान मर्कामा परेको बताए । ‘जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरूले न्यून मूल्यमा सुरुमा नै धान बेचे’, किसान कार्कीले भने ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया