जनसचेतन साकोसको वित्तीय विवरण सार्वजनिक
दोलखा । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ काब्रेमा रहेकोे जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले चालु वर्षको मंसिर मसान्तसम्मको वित्तीय विवरण सार्वजानिक गरेको छ । संस्थाले बुधबार सार्वजानिक गरेको वित्तिय विवरण अनुसार संस्थाको कुल पुँजी दुई अर्ब ३१ करोड ८२ लाख ७६ हजार नौ सय २१ रुपैयाँँ पुगेको छ ।
यस्तै संस्थाको सेयर पुँजी १६ करोड ५१ लाख १७ हजार एक सय रुपैयाँ रहेकोे छ भने जगेडा कोषमा १७ करोड १४ लाख ६ हजार ९६ रुपैयाँ जम्मा भएको छ । दोलखाका १६ वटा स्थान र काठमाडौमा एक सेवा केन्द्र रहेको यस संस्थाको कुल बचत भने १ अर्ब ४८ करोड ९३ लाख ९३ हजार सात सय रुपैयाँ रहेकोे छ । कुल २७ हजार तीन सय ७८ जना सेयर सदस्य आबद्ध रहेको यस संस्थाले ४ हजार ४ सय ७९ जना सेयर सदस्यलाई कुल १ अर्ब ९१ करोड ५२ लाख ९१ हजार एक सय ६२ रुपैयाँ रकम ऋण लगानी गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए ।
त्यस्तै संस्थाको संस्थागत पुँजी १७ करोड ३१ लाख ५० हजार नौ सय ५२ रुपैयाँ भएको छ । त्यसैगरी मंसिर मसान्तसम्म संस्थाका विभिन्न कोषहरुमा रहेको रकम १० करोड २५ लाख २० हजार ३ सय रुपैयाँ रहेको छ भने तरलता रकम १५ करोड ५९ लाख ७० हजार ५ सय ४३ रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- विपन्न परिवारलाई पिउने पानीको व्यावस्था
- मौलिकता संरक्षणसँगै स्वरोजगार
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया