घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरूले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । रजिष्ट्रार पण्डितले सहकारीहरूको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी उठाउन सहकारी अभियान समेत नतातेको उनको आरोप छ ।
‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफैँ त्यसको भुक्तभोगी छौँ र पनि समस्या समाधनतर्फ किन लाग्दैनौँ ?’ शुक्रबार राजधानीमा आयोजित नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १२औँ वार्षिक साधारणसभामा बोल्दै उनले भने, ‘समस्या सल्टाउन अभियानहरू नै लागि परेको छैन ।’ तरलता अभावका बीच सहकारी संघ/संस्थाहरूले सदस्यहरूको बचत रकम नै फिर्ता गर्न नसकेको सन्दर्भलाई जोड दिँदै रजिष्ट्रार पण्डितले भने, ‘अभियानले नै सदस्यको बचत रकम एक पटकमा ५ प्रतिशतभन्दा बढी फिर्ता नगर्नु भनेपछि झन् समस्या बढ्यो ।
त्यो समस्या समाधान गर्न विभागले निर्देशन नै जारी गर्नुप-यो ।’ यस्तै उनले केही प्राविधिक तथा बाध्यात्मक परिस्थितिले विभागले सहकारीको वास्तविक तथ्याङ्क राख्न नसकेको स्वीकार्दै माघपछि वास्तविक तथ्याङ्क आउने गरी विभागले काम गरिरहेको बताए ।
कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी प्रसाद उप्रेतीले सहकारीमा अहिलेको अवस्था आउनुको कारण राज्य र बैंक वित्तीय संस्थाको भएको बताए । राज्यले लिएको नीति र बैंंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । साधारणसभाले अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रयास श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा संस्थाको आगामी कार्य रणनीति तथा कार्यक्रमहरू समेत पारित गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक
- उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या
- एक्काइस वर्षअघि साथीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
- मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन : उपसभामुख
- गृहमन्त्री लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजियो: अध्यक्ष ओली
- बजार परिसुचक दुई हजार ६७ बिन्दुमा
- एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
- अर्थमन्त्रालयमा अर्थमन्त्री पुन र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
- नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् बिक्री–खरिद सम्झौता यसैसाता
तपाईको प्रतिक्रिया