काठमाडौं । स्थानीय कृषि उपजहरुको बजारीकरण अभियानमा समर्पित मुना कृषि लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनीले नेपालको दिगो विकासका लागि नेपालका रैथाने एवम् स्थानीय कृषि उपजहरुको पहिचान, प्रवर्द्धन, बजारीकरण एवम् संरक्षणमा काम गर्दैआइरहेको छ ।
गैरआवासीय नेपालीहरुको सुरुवातीबाट सुरु भएको कम्पनीले स्थानीय कृषि उपजहरुको उत्पादन, प्रशोधन, बजारीकरण (स्वदेश र विश्वबजारमा) साथै गुणस्तरीयताका लागि अनुसन्धान समेतका प्रयासहरु गर्दै नेपालको कृषि क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ ।
२० करोड पुँजीमा दर्ता भएको यो कम्पनीमा हालसम्म एक सय ९४ जना सेयर सदस्यहरु छन् । यस कम्पनीका करिब ६० प्रतिशत सेयरधनीहरू नेपालमै रहेर नेपालको कृषि क्षेत्रको रूपान्तरणका लागि प्रयासरत व्यक्तिहरू रहेका छन् ।
कम्पनीले नेपालको ६८ जिल्लाका विभिन्न समुदायबाट २२ सयभन्दा बढी कृषि उपजहरुको संकलन, सरसफाइ÷प्रशोधन एवम बजारीकरण सुरु गरेको छ ।
यस्तै कम्पनीले नेपालमै उत्पादित वस्तुहरुलाई मुख्य स्थान दिएर पनि भव्य बजार सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरणस्वरूप मुनाबजार नामक बिक्री केन्द्रहरु समेत सञ्चालन गरेको छ ।
कम्पनीका काठमाडौंमा चारवटा मुनाबजार रहेका छन् । उपत्यकामा सानेपा, गोल्फुटार, भैँसेपाटी र इमाडोल तथा एउटा मुनाबजार पोखराको सृजनाचोकमा सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । साथै अनलाइन बिक्रीवितरण समेत गर्दै आएको जनाएको छ ।
‘हामी किन्छौँ पनि, बेच्छौँ पनि !’ भन्ने नारासहित स्वस्थ र सुरक्षित कृषिउपजहरु सिधै उत्पादकबाट खरिद गरी कृषकहरुलाई कृषि उद्यमशीलतातर्फ उन्मुख गर्दै कम्पनीले आगामी दिनमा पनि कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्दै युवाशक्तिलाई स्वदेशमै कृषिक्षेत्रको रूपान्तरणका लागि प्रेरित गर्ने रणनीति एवं संकल्प लिएको जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया