ठगी आरोपमा सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ
जनकपुरधाम । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् । बचतकर्ताबाट सङ्कलित लाखौँ रूपैयाँ ठगी गरेको अभियोगमा उनलाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
न्यू शुनवर्षी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनुषाको सञ्चालक समितिका अध्यक्ष समेत रहेका यादवलाई संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको आरोप छ । सेयर सदस्यको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।
प्रहरीका अनुसार सहकारीका बचतकर्ता कुभोलिया देवी यादवले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रूपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरे पनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरी लिलामीको अवस्थामा पु¥याएका थिए । कुभोलियाले आफू ठगिएपछि अध्यक्ष यादवविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरी यादवले करिब २५ लाख रूपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको डीएसपी रायले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया