सहकारीको सहयोगमा गाउँबाटै दुध बिक्री
दोलखा । स्थानीय किसानले उत्पादन तथा सङ्कलन गरेको दुध गाउँबाटै बिक्री हुन थालेपछि गाईभैँसी पालक किसान खुसी भएका छन् । जिल्लाको गौरीशंकर गाउँपालिका –२ र बैतेश्वर गाउँपालिका–८ का किसानले उत्पादन गरेको दुध यहाँका दुईवटा सहकारीले बजारमा बिक्री गर्न सहजीकरण गरिदिएका छन् ।
गौरीशंकर गाउँपालिका गैँरीको प्रगतिशील बहुउद्देश्यीय संस्थाले स्थानीय गाईभैँसी पालक किसानले उत्पादन गरेको दुधको मूल्य तोकेर नै दैनिक सय लिटर दुध बिक्री गर्दै आएको छ भने बैतेश्वर एवोको जनप्रेमी कृषि सहकारी दैनिक दुई सय लिटर दुध सङ्कलन गरेर बिक्री गर्दै आएको छ । यहाँका यी दुईवटा संस्थाले किसानलाई प्रतिलिटर ६५ रूपैयाँ दिँदै दुध सङ्कलन गरेर सदरमुकाम चरीकोटमा रहेको दुग्ध सङ्कलन संस्था दोलखा डेरीलाई दुध पठाउने गरेका छन् ।
गाउँका किसानलाई गाईभैँसी पालेर आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीले किसानको हितको लागि पाँच करोड ऋण लगानी गरेको प्रगतिशील बहुउद्देश्यीय संस्थाका अध्यक्ष बलराम पाण्डेले जानकारी दिए । यस्तै सहकारीले कृषि ज्ञानकेन्द्र रामेछापको अनुदानमा समन्वय गरेर गाउँमै एकीकृत नमूना कृषि फार्म खोलेर भैँसी पालन समेत गरेको छ । अध्यक्ष पाण्डेका अनुसार करिब ३९ लाख लगानीमा घेराबारसहितको भैँसी फार्म खोलिएको छ ।
फार्म सुचारुको लागि ज्ञान केन्द्रले करिब १४ लाख अनुदान दिएको छ भने सहकारीले २५ लाख रूपैयाँ लगानी गरिसकेको छ । फार्मबाट दैनिक २२ देखि ४० लिटर दुध उत्पादन हुँदै आएको उनले जानकारी दिए । फार्ममा तराईबाट किनेर ल्याएका चारवटा दुहुनो भैँसी छन् । त्यसबाहेक किसानलाई घाँसखेती गर्न तथा केरा र बेसार खेतीको लागि अनुदान दिएको अध्यक्ष बलराम पाण्डेले बताए ।
यता बैतेश्वरका दुध उत्पादक किसानलाई भने वडाले पनि सहयोग गर्दै आएको छ । वडाले किसानले उत्पादन गरेको दुधमा प्रतिलिटर दुई रूपैयाँ अनुदान दिने गरेको बैतेश्वर गाउँपालिका–८ का वडाअध्यक्ष सान्त जिरेलले बताए । वडाले स्थानीय जनप्रेमी कृषि सहकारीमार्फत दुध सङ्कलन केन्द्र स्थापना गरेर केन्द्रबाटै किसानले ल्याएको दुधलाई चरीकोट पठाउने गरेको छ ।
गाउँकै सहकारीले समन्वय गरेर गाउँबाटै दुध बिक्री हुन् थालेपछि गाउँका किसान खुसी भएको जनप्रेमी कृषि सहकारी संस्थाका अध्यक्ष टिका बहादुर खत्रीले बताए । सहकारीले दुधमा मात्रै नभई आलू तथा तरकारी खेतीमा समेत लगानी गर्दै आएको खत्रीले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया