शिवशिखर सहकारीका संचालकलाई जिल्ला छाड्न प्रतिबन्ध !
काठमाडौं,शिवशिखर सहकारीका संचालकलाई सहकारीका बचतकर्ताहरुले जिल्ला छाड्न प्रतिबन्धको माग गरेका छन् । बचतकर्ताहरुले सहकारीका प्रदेश प्रबन्धक हेमराज जोशी र धनगढी शाखा प्रबन्धक बसन्ती जोशीलाई जिल्ला बाहिर जान स्थानीय प्रशासनको सहमति लिनुपर्ने व्यवस्थाको माग गरेका छन् । यहिले उक्त सहकारीका शाखाहरुमा आर्थिक समस्या देखा परेपछि बचतकर्ताहरु डराईरहेका छन् । उक्त सहकारीका बचतकर्ताहरुले झण्डै एक अर्ब ५० करोड रुपैयाँ पैशा जम्मा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय,कैलालीमा आइतबार दुई पक्षबिच पाँच बुँदे सहमति भएको हो ।बचतकर्ताहरुले सहकारीका विपद् समितिका संयोजक भोजराज पौडेल,प्रदेश प्रबन्धक र शाखा प्रवन्धकसँग पाँच बुँदे सहमति गरेका छन् ।
सहमतिमा सहकारीका सुदूरपश्चिमका कर्मचारीको तलब सुविधा सहितको विवरण,सहकारीले बैंकहरुसँग गरेको कारोबार,शिवशिखरको सम्पती विवरण र असुलीका लागि जिल्ला प्रशासन कार्यालय,सहकारी विभाग र बचतकर्तासहितको समिति गठन गर्ने र कार्यालय संचालन गर्ने सहमति भएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया