छरुवा प्रविधिमार्फत धान खेती गरिँदै
बनियानी । धान उत्पादनमा लागत घटाउन छरुवा प्रविधिबाट धान खेतीको परीक्षणखेती गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाका केही स्थानमा ‘ड्रम सिडर’ मेसिनको प्रयोग गरी छरुवा प्रविधिबाट धानबालीको परीक्षण खेती थालेको हो ।
गौरादह गाउँपालिका दुई र कमल गाउँपालिकाको एक स्थानमा परीक्षण खेती गरिएको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । “धान उत्पादनमा केही भए पनि लागत घटाउने उद्देश्यले प्रविधिको प्रयोग गरेर परीक्षण खेती सुरु गरेका छौँ”, उनले भने, “परिणाम कस्तो आउँछ ? त्यो हेर्न बाँकी छ ।”
अहिलेकै अवस्था हुने हो भने कृषकले धानखेती गर्न छाड्ने उनको भनाइ छ । उत्पादनमा उच्च लगानी र मूल्य नपाउँदा किसानले आफूले खाने मात्र धान उत्पादन गर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । छरुवा धान खेतीको प्रविधिबाट किसानको ब्याड बनाउने, बीउ उखेल्ने र रोप्ने खर्च बच्ने जनाइएको छ ।
यो प्रविधिबाट खेत हिल्याएर ‘ड्रम सिडर’ मेसिनको प्रयोगबाट सोझै धान छर्न सकिने प्रमुख विष्टले बताए । अहिले परीक्षण खेतीमा धान उम्रिसकेको जनाइएको छ ।
क्याटेगोरी : सहकारी–कृषि, कोशी प्रदेश
ताजा अपडेट
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
- मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग
- नेपाल–भारत सीमा समन्वय बैठक
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया