भक्तपुर । सिद्धि गणेश वचत तथा श्रृण सहकारी संस्था लिमिटेडले भक्तपुरका एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
संस्थाले प्रत्येक वर्ष संस्थाका सदस्य ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई सम्मान गर्दै आएको छ । संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न थालेको जनाएको छ । हालसम्म ७ सय ८६ जना जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जानकारी दिईएको थियो । संस्थाले ६० वर्षमाथिका व्यक्तिहरुलाई जेष्ठ नागरिकको मान्यता दिएको छ । तर पनि सम्मान भने ७० वर्षमाथिकालाई मात्रै गर्दै आएको छ । हाल संस्थामा पाँंच सय ९७ जना जेष्ठ नागरिकहरु सदस्य रहेका छन् । उनीहरुबाट ४२ करोड ८० लाख रुपैयाँं बचत भएको जनाइएको छ । संस्था भक्तपुरकै सवैभन्दा ठूलो सहरकारी संस्था हो । यसमा कुल १६ हजार दुई सय १० सदस्य रहेका छन् ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #page 3
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया