दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाले दलित समुदायका किसानलाई यान्त्रीकरणतर्फ आकर्षित गर्न तथा कम लगानीमा बढी आम्दानी लिने उद्देश्यले दलित समुदायका किसानलाई १४ वटा थ्रेसर अनुदानमा वितरण गरेको छ ।
गाउँपालिकाको कृषि शाखाअन्तर्गतको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पालिकाभित्रका आठवटा वडाका दलित समुदायका किसानहरूले संयुक्तरूपमा प्रयोग गर्नेगरी ९० प्रतिशत अनुदानमा १४ वटा थ्रेसर वितरण गरेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छबि लामाले बताए । धान, गहुँ र कोदो चुट्न मिल्ने मल्टी क्रस थ्रेसर उपकरण वडा नम्बर १ देखि ८ सम्मका दलित किसानलाई वितरण गरिएको हो ।
किसानलाई कृषि पेसातर्फ आकर्षित गर्न, कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरणतर्फ अघि बढाउन, कम लगानीमा धेरै आम्दानी र कम समयमा धेरै काम सहजै गर्नको लागि सहयोग पु¥याउने उद्देश्यले थ्रेसर वितरण गरिएको बैतेश्वर गाउँपालिका कृषि शाखाप्रमुख लक्ष्मी आचार्यले बताइन् ।
बैतेश्वर गाउँपालिकाले किसानको लागि बजेटमा प्रथामिकता दिँदै कार्यक्रमलाई सञ्चालन गर्दै आएकाले आगामी वर्ष पनि कृषिलाई प्रथामिकता दिएर बजेट तर्जुमा गर्ने प्रतिबद्धता पालिकाको छ । यसअघि पनि गाउँपालिकाले किसानहरूलाई विभिन्न अनुदान वितरण गरिसकेको छ । थ्रेसर आवश्यक भयो भन्दै धेरै दलित किसानहरूको निवेदन आएपछि पालिकाले सूचना निकालेर थ्रेसर वितरण गरेको कृषि प्राविधिक निरोज पाण्डे बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
- नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखियो : अध्यक्ष नेपाल
- सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन आदेश
- कोशी प्रदेशमा गैर शान्तिपूर्ण गतिविधि भए राज्यले छुट नदिने : गृहमन्त्री
- नेपालको राजनीतिक इतिहास माओवादीविना अपुरो : जनार्दन शर्मा
- बजेटमा चरम अन्याय भएको छ : राजेन्द्र पाण्डे
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया