कृषि बजारीकरणमा तिनाउँको नयाँ अभ्यास
बुटवल । तिनाउ गाउँपालिका पाल्पाले कृषि उत्पादनको बजारीकरणमा नयाँ अभ्यासको सुरुवात गरेको छ । गाउँपालिकाले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा कृषि उत्पादनको बजारीकरण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रमा उत्पादनसँगै बजारीकरण पनि सबैभन्दा महत्वपूर्ण रहेकोले बुटवल उपमहानगरसँग सहकार्य गरेको बताए ।
पालिकाले बुटवलको हाटबजार लाइनमा सटर लिएर सिधै कृषकबाट कृषि उत्पादन खरिद गरी उपभोक्तासम्म पु¥याउने गरेको छ । कृषिले राम्रो बजार नपाएसम्म कृषकहरुको मनोबल बृद्धि नहुने भएकोले कृषिको बजारीकरणमा गाउँपालिकाले नै स्वामित्व लिएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै उनले कृषकलाई उत्पादन लागतअनुसारको मूल्य पनि दिएको जानकारी दिए । उनका अनुसार हाल कृषिमा गाउँपालिका पूर्णरुपमा आत्मनिर्भर भइसकेको छ । पालिकाका उपाध्यक्ष लालबहादुर थापाले वार्षिक करोडौँ रुपैयाँबराबरको कृषि उपज बिक्री वितरण गर्ने गरेको बताए । अर्गानिक उत्पादन हुँदा पछिल्लो समयमा कृषि उत्पादनले राम्रो बजार पाएको उनको भनाइ छ ।
उपाध्यक्ष थापाले गाउँपालिकामा काउली, बन्दा, गोलभेँडा, भेडे खुसार्नी, धनिया, काँक्रा, फर्सी, करेला, सिमी, सागलगायतका धेरै प्रकारका तरकारीहरु उत्पादन हुने बताए । उत्पादनसँग नजोडिँदा आर्थिक अवस्थालाई सुदृढीकरण गर्नसक्ने आधारहरु स्वतः अन्त्य हुने हुँदा गाउँपालिकाले कृषिक्षेत्रमा लगानी बढाउँदै गएको बताए । गाउँपालिकाका उत्पादनमूलक क्षेत्रसँग जोडिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताएका छन् । पछिल्लो समयम गाउँपालिकामा विकास निर्माणका साथै उत्पादनमूलक क्षेत्रमा धेरै प्रगति भएको उनले बताए ।
गाउँपालिकाका कृषि शाखाप्रमुख हेमन्त कुमार शर्माले गाउँपालिकाले बजारीकरणमा गरेको नयाँ अभ्यासले कृषकका थोरै थोरै उत्पादनले पनि उचित बजार पाउने गरेको बताए । पालिकाको कृषि उत्पादनले राम्रो बजार पनि पाएको शर्माको भनाइ छ ।
पालिकाले तिनाउ कृषि बजार व्यवस्थापन समिति गठन गरी दुई जना कर्मचारीसमेत राखेको छ । हप्तामा तीन दिन शनिबार, बुधबार र सोमबार बुटवलमा हाटबजार लाग्ने गरेको छ । सोही दिन तिनाउमा उत्पादित कृषि उपजहरुको बिक्री–वितरण हुनेगरेको छ । हाल एक हप्तामा करिब ११ मेट्रिक टन छ÷सात लाख रुपैयाँबराबरको तरकारी बिक्री हुनेगरेको बताइएको छ । यही सरदरमा बिक्री भए वार्षिक करिब चार करोड रुपैयाँबराबरको कषि उपज बिक्री वितरण हुने पालिकाले जनाएको छ । तिनाउका तरकारी बुटवल, मणिग्राम, भैरहवा, सुनवल, परासीका बजारसम्म पुग्ने गरेको छ ।
पालिकाले कृषिको बजारीकरणको व्यवस्थापन गरिदिएपछि लुम्बिनी अस्पतालको सरकारी जागिर छोडेर कृषिकर्ममा लागेको कृषक विवेक पाण्डे बताउँछन् । सधैँका लागि कृषि भरपर्दो पेसा भएको उनको भनाइ छ । यस्तै कृषक खड्कबहादुर गोदार पनि थोरै थोरै उत्पादनले पनि राम्रो बजार पाउँदा १०÷२० किलोग्राम उत्पादनलाई बोकेर बजार लैजानुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउँछन् । कृषि उत्पादनको बजारीकरणमा अन्य पालिकाले पनि तिनाउँको शैली अपनाउनुपर्ने उनको सुझाव छ । पालिकाले किसानलाई हेर्ने दृष्टिकोणको कारण पछिल्लो समयमा कृषिकर्म गर्न चाहनेहरुको संख्या पनि वृद्धि हुँदै गएको छ । पालिकालाई पनि नपुग्ने कृषि उत्पादन हुने तिनाउमा अहिले करोडौँ रुपैयाँबराबरको कृषि उपज निर्यात हुनेगरेको पालिकाले जनाएको छ ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 12
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया