दोलखा । दोलखाका पुराना मौरीपालक कृषक कर्णबहादुर तामाङ मौरीपालनमा लागेको ४० वर्ष भयो । २०४० सालदेखि मौरीपालन गर्न थालेको उनले यही पेसाबाटै वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।
बैतेश्वर गाउँपालिका–१ बगरका कृषक तामाङले एक सय १० घारमौरी पालेका छन् । परिवारमा आठ सदस्य रहे पनि हिजोआज घरमा कर्णको दम्पतीमात्रै छन् । उनले एउटा दुहोनो भैंसी पनि पालेका छन् भने ३२ रोपनी क्षेत्रफलको जग्गामा लौठ सल्ला, १० रोपनीमा अलैँची, १५ रोपनीमा किबी, १२ रोपनीमा आलु, तीन रोपनीमा बुद्धचित्त लगाएका छन् । यसैगरी दुई रोपनी जग्गामा नर्सरी बनाएर किबीको बिरुवासमेत उत्पादन गरिसकेको बताए । उनले दैनिक पाँच जनालाई रोजगारीसमेत दिएका छन् । तामाङको घरमा काम गर्न तामाकोशी गाउँपालिका–२ झुलेबाट महिलाहरू गैरीमुदी आउने गरेका छन् । उनको किबीको नर्सरीमा रेड, हेवाड, मन्टी र एलिसन जातको २० हजार किबीको बिरुवा उत्पादन हुँदै आएको छ ।
यस्तै, उनलाई पछिल्ला वर्षहरूमा सरकारी निकायले समेत सहयोग गर्ने छ । चालु आर्थिक वर्षमा बैतेश्वर गाउँपालिकाले मौरी स्टोर गर्ने कारखाना घर निर्माण गर्न सात लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गरेको तामाङले सुनाए । गतवर्ष पनि उनलाई कृषि ज्ञान केन्द्रले केही अनुदान सहयोग गरेको थियो । उत्पादन गरेको वस्तुलाई बिक्री गर्ने बजार र सिँचाइको भने केही अभाव रहेको तामाङले गुनासो गरे । नजिकमा बजार नहुँदा मह, बुद्धचित्त, किबीको बिरुवा, अलैँची, आलु, जापानिज नास्पातीको बिरुवा बेच्न तामाङलाई समस्या भएको छ । नर्सरीमा हुर्केका बिरुवा बेच्न तयार भए पनि समयमा बिक्री गर्न नसकेको तामाङले सुनाए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया