सहकारीको ठगी धन्दा
एकता बुद्ध बचत तथा ऋण सहकारीका सञ्चालक पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छ जना पदाधिकारीहरूलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचतको आठ करोड १८ लाख ८९ हजार सात सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित छ जना पदाधिकारीहरूलाई मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । पक्राउ परेका छ जनामध्ये शर्मा उक्त सहकारीका कार्यकारी अध्यक्षको भूमिकामा रहेका थिए । यीबाहेकका प्रमोदकुमार न्यौपाने, सोमलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, वीरबहादुर तामाङ र शम्भु कार्की भने क्रमशः उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, ऋण संयोक र व्यवस्थापकको भूमिकामा रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- (एमसीसी)की प्रमुख कार्यकारी अधिकृत सिइओ अलब्राइट काठमाडौंमा
- यही हो त प्रहरीको जनसेवा ?
- पशुपतिनाथ जलहरी प्रकरण सदस्यसचिव थापासहित तीन जनाविरुद्ध मुद्दा
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया