सहकारीमा लाग्ने आयकर वृद्धि फिर्ता लिन माग
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ÷संस्थालाई लाग्ने आयकर दरमा शतप्रतिशत वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मा प्रस्तुत गरेको नेपाल सरकारकको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ÷संस्थालाई लाग्ने आयकर दरमा शतप्रतिशत वृद्धि गरी नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीलाई १० प्रतिशत, उपमहानगरपालिकाभित्रका लागि १५ प्रतिशत र महानगरपालिकाभित्रका लागि २० प्रतिशत आयकर निर्धारण गरिएको छ । उक्त व्यवस्थाप्रति महासंघले विरोध जनाएको हो । यसअघि नगरपालिकामा सञ्चालित सहकारीका लागि पाँच, उपमहानगरपालिकाका लागि सात र महानगरपालिकाका लागि १० प्रतिशतका दरले आयकर लाग्ने व्यवस्था गरिएको थियो ।
सहकारी ऐन २०७४ को दफा १४१ मा व्यवस्था भएअनुरूप सरकार र सहकारी अभियानका बीच विभिन्न चरणमा भएका उच्चस्तरीय अध्ययन, वार्ता तथा छलफलपश्चात् सरकारले आव ०७६/०७७ देखि उक्त दर लागु गरेको महासंघका अध्यक्ष मिनराज कडेलले जानकारी दिए । आर्थिक अवस्था असामान्य भएको वर्तमान समयमा न्यून र मध्यम आयस्तर भएका नागरिकहरूबाट नै सञ्चालित सहकारीमा देखिएको समस्या सम्बोधन गर्ने गरी बजेट वक्तव्य आउने आशाविपरीत आर्थिक विधेयकमार्फत सहकारी ऐन २०७४ मा नै व्यवस्था भएको विषयलाई समेत परिर्वतन गरेर विवादास्पद दर कायम गर्न खोज्नु न्यून र मध्यम आय भएका नागरिकलाई मारमा पार्ने प्रस्ताव भएको महासंघको आरोप छ ।
समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि राज्यको एक महत्वपूर्ण आधारशीलाका रूपमा रहेको सहकारी संघ/संस्थाका लागि आयकर दर वृद्धि गर्नु न्यायोचित नभएकोले पूर्ववत्रूपमा लिँदै आएको आयकरलाई नै यथावत् राख्न महासंघले माग गरेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया