Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिपहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल

पहिचान निर्माणका लागि चाडपर्वको भूमिका महत्वपूर्ण छ: अध्यक्ष नेपाल


काठमाडौँ । इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा सोमबार शुभकामना सन्देश दिंदै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

सो अवसरमा अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकापसमा सद्भाव तथा भ्रातृत्व कायम भइ सामाजिक एकता अभिवृद्धि हुने उल्लेख गरे ।

“हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ, यिनै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको छ”, अध्यक्ष नेपालले शुभकामना सन्देशमा भनेका छन् ।

देश विदेशमा रहेका सम्पूर्ण नेपालीको शुख, शान्ति र प्रगतिको कामना गर्दै पारिवारिक मिलनको पर्व बकर इदका अवसरमा उनले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीको अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला र संस्कृतिले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


क्याटेगोरी : कला / संस्कृति

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x