कलाकार दम्पतीको चित्रकला प्रदर्शनी
काठमाडौं । कलाकार दम्पती इशान परियार र सविता डङ्गोलको मिल्दो विचार भावमा चित्रकला प्रदर्शनी भइरहेको छ । गत फागुन १७ देखि सिद्धार्थ आर्ट ग्यालरी, बबरमहलमा जारी प्रदर्शनी यही चैत ९ गतेसम्म सञ्चालन हुनेछ ।
राससका अनुसार कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेका हुन् । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर समावेश गरेका छन् ।
इन्कार्नेसन र इन्टर्फिउजन शीर्षक यी दुई चित्रमा पहिलोमा शिव र पार्वतीको अर्धानारेस्वरको शरीरलाई मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ । जसमा दुवै कलाकारले दायाँ र बायाँ आआफ्नो परिवेशलाई अत्यन्तै मनमोहकरुपमा प्रस्तुत गरिएको छ । अर्धानारेस्वरको रुपलाई आफ्नै शैलीमा कोरिएको यो चित्रमा पृष्ठभूमिमा चन्द्र र सूर्यलाई एउटै क्यानभासमा दायाँ र बायाँ बनाइएको छ ।
यो चित्रमा मूलतः प्रकृति र पुरुषको संयोजनलाई आकर्षक रङमा बनाइएको छ । अर्को चित्र इन्टरफिउजन मा यिङयाङको आकारभित्र एक जोडी युवायुवती र आआफ्नो परिवेशअनुसारको हिमाल, मठ मन्दिर स्तूपा, घर आदि आकृतिलाई बनाइएको छ ।
इशानको अर्को चित्रमा काष्ठमण्डपलाई लिएर समय बितेर जान्छ भन्ने कुरालाई देखाउन खोजिएको छ भने अर्को वेल्कम ब्याक टु होम भन्ने चित्रमा प्रसिद्ध कलाकार लिओनार्दो दा भिन्चीको पात्र मोनालिसालाई नेपाली ढाकाको पहिरनमा लक्ष्मीनारायणको मूर्ति विदेशबाट नेपालमा फिर्ता ल्याइएको सन्दर्भलाई मोनालिसाजस्तो बहुमूल्य कृतिजस्तै हाम्रो नेपालका मूर्ति पनि महत्वपूर्ण र मूल्यवान् छन् भनी देखाउन खोजिएको छ ।
त्यस्तै सविताको अर्को चित्रमा एक जोडीलाई सुगामा चढी उडिरहेको अवस्थामा सेल्फी स्टिक र एअर फोन लिएको देखाइएको छ ।
क्याटेगोरी : कला / संस्कृति
ताजा अपडेट
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
- लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
- राष्ट्रियसभाका अध्यक्ष र बेलायतका लेबर पार्टीका सांसदबीच भेट
- जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया