हलमा : ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’
काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् ।
‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् ।
यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन् । यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने शब्द केही छैन, हेर्ने दर्शकले दिइरहनुभएको प्रतिक्रियाले मेहनतको सफलता पाएको आभास दिन्छ”, अभिनेता गिरीले रासससँग भने ।
यस्तै अर्को चलचित्र ‘छड्के–२’ प्रदर्शनमा आएको छ । यो ‘छड्के’ को दोस्रो शृङ्खला हो । यसमा अभिनेता अनमोल केसी फरक भूमिकामा प्रस्तुत छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘ग्याङस्टर’ को कथामा निर्माण भएको छ । यसमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय रहेको छ ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- लुम्बिनी प्रदेशमा सरकार विस्तार
- तातोपानी भन्सारमा नौ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
- मधेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
- राष्ट्रपतिद्वारा अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
- अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको छ: मन्त्री भण्डारी
- पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नगरेका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने
- कपिलेश्वरमा जलिरहेको अवस्थामा युवतीको शव फेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया