लेखन र निर्देशन कार्यशाला सम्पन्न
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गरेको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ ।
आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको राससलाई बताए, “प्रशिक्षार्थीले मसँग बाँड्नुभएको कथा र शैली मेरो लागि नयाँ थिए । अनुभव साटासाट गर्दा यसले मलाईसमेत फाइदा पुगाएको छ । म पुनः नेपाल फर्किने चाहना बोकेर स्वदेश फर्किदै छु”, चलचित्रकर्मी बर्वेले भने ।
प्रशिक्षार्थीको रुपमा सहभागी चलचित्र निर्देशक ज्ञानेन्द्र देउजाले सिकाइ कहिले नसकिने बताए । उनले भने “सिक्ने अवसरलाई छाड्नु हुँदैन । अन्यभन्दा सिनियर भए तापनि सँगै सहभागी हुँदा नयाँ कुराहरू सिक्न पाए । नयाँ चलचित्रकर्मी बन्ने उद्देश्य बोकेकाको सोचसँग साक्षात्कार गर्ने अवसर पाएँ ।”
बोर्डका अध्यक्ष भुवन केसीले सफल चलचित्र निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकाले कार्यशालाको आयोजना गरिएको जानकारी दिए । उनले भने “यसले चलचित्रकर्मीलाई मनोरञ्जन मात्र होइन, विचार–उत्तेजक र सामाजिकरूपमा सान्दर्भिक सिर्जना गर्न मदत गर्नेछ ।” उनले बोर्ड राष्ट्रिय चलचित्र उद्योगलाई सहयोग र प्रवर्द्धन गर्न सदैव प्रतिबद्ध रहेकोसमेत बताए । बोर्डकै सभाहलमा कार्यशाला यही चैत ३, ४ र ५ गते चलेको थियो ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया