करोड भ्युजका छ वटा फिल्म गीतको सँग्रह ल्याए दीपक शर्माले
काठमाडौं, संगीतकार दीपक शर्माले आफ्नो संगीतमा एक करोड भन्दा माथि भ्युज पाएका चलचित्र गीतहरुको सँग्रह ‘दीपक शर्माका करोड क्लब चलचित्र गीतहरु’ सार्वजनिक गरेका छन् ।आईतबार काठमाडौंमा एक समारोहबीच बरिष्ट गीतकारहरु राजेन्द्र थापा, शान्तिप्रिय, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य चेतन सापकोटा, संगीतकार नरहरि प्रेमी, गीतकार डब्बु क्षत्री र संगीतकार दीपक आफैंले यो गीतिसँग्रहको बिमोचन गरे ।
दीपक शर्माले संगीत गरेका ६ वटा चलचित्रका एक करोड भन्दा बढी भ्युज भएका ६ वटै गीतहरु यो सँग्रहमा छन् । जसमा चलचित्र छक्का पञ्जाको शन्तिप्रियको शब्द तथा कृष्ण काफ्ले र दीपाश्री निरौलाको स्वरको देखन चम्पा…, चलचित्र छक्का पञ्जा ३ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र बिन्दू परियारको स्वरको पहिलो नम्बरमा…, छक्का पञ्जा ४ को राजेन्द्र थापाको शब्द तथा डेभिड शँकर र सहिमा श्रेष्ठको स्वरको दर्शन सलाम…, चलचित्र मँगलमको दीपककै शब्द तथा बिन्दू परियार र कृष्ण काफ्लेको स्वरको पर्ख पर्ख मायाँलु…, चलचित्र हल्दार सुन्तलीको लेखु सहयात्रीको शब्द तथा सहिमा श्रेष्ठको स्वरको चि मुसी ची…गीतहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै संगीतकार दीपक शर्माले भने,‘मैले चलचित्र तेजावबाट चलचित्र संगीत सुरु गरेको हुँ । दर्शक श्रोताको मायाँले यहाँसम्म आईपुग्दा ६ वटा गीतले एक करोड देखि ३ करोड भन्दा बढी भ्युज पाएका छन् । यिनै करोड क्लबमा पुगेका गीतहरुको सँग्रहलाई आज सार्वजनिक गरेका हुँ ।’ आफ्ना अन्य चलचित्रका आधा दर्जन गीतहरु पनि अहिले करोड भ्युजको नजिक पुगेको र ती गीतहरु केही महिनामै करोड भन्दा बढी भ्युज पुग्ने पनि उनले बताए ।
दीपकका चलचित्रका ६ वटा गीत मध्य आफुले लेखेको दुई वटा गीतले दुई देखि तीन करोड भ्युज पाएको भन्दै बरिष्ट गीतकार राजेन्द्र थापाले हरेक प्रकारको गीतलाई आफ्नो फरक शैली दिनसक्नु दीपक शर्माको बिशेषता भएको बताए । आगामी दिनमा पनि आफु र दीपकको सहकार्यमा थुप्रै गीत आउने उनले जनाए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् संगीतकार चेतन सापकोटाले दीपक शर्मालाई धेरै गीतमा करोड भ्युजको लागि शुभकामना दिँदै भने,‘दर्शकको यति धेरै मायाँ पाएका दीपकजीले अब आफ्ना यी हिट गीतले कहाँ कती रोयल्टी कमायो भनेर पनि खोजी गर्नु पर्छ । उहाँका दर्जनौ हिट गीतबाट अरु धेरै धनी भएका छन र अब उहाँले आफ्नो अधिकार खोज्नु पर्छ ।’ संगीत यात्राको डेढ दशकमा यति धेरै हिट गीत दिनुले दिपक शर्मा फरक प्रकारको संगीत गर्न सक्ने श्रष्टा हुन भन्ने कुरा प्रष्टिएका दीपककै गुरु तथा संगीतकार नरहरि प्रेमीले कार्यक्रममा बताए ।
देखन चम्पाका गीतकार शान्तिप्रियले यो गीतले चलचित्र छक्का पञ्जाको स्कृप्ट देखि लवज नै परिवर्तन गरिदिएको अनुभव सुनाए । दीपकसँगको सहकार्यमा आफ्नो गीत पनि करोड भ्युजमा पुगेका खुसी व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता करोड भ्युज गीतका लागि दीपकलाई शुभकामना दिए ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
- अन्तत : ५३ बिन्दुले उक्लियो सेयर बजार
- तनाव कम गर्न चीनसँग वार्ता आवश्यक : अमेरिका
- ट्विटरको ट्रस्ट एन्ड सेफ्टी प्रमुखले दिइन् राजीनामा
- राष्ट्रियसभामा शोक प्रस्ताव पारित
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया