Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारतीन फाइनान्स कम्पनी नोक्सानीमा

तीन फाइनान्स कम्पनी नोक्सानीमा


काठमाडौं,आर्थिक वर्ष २०७९/०८० मा तीनवटा फाइनान्स कम्पनीहरूले खुद नोक्सानी व्यहोरेका छन् । सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीहरूमध्ये मंगलबारसम्म १४ वटा फाइनान्सले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा तीनवटा कम्पनी नोक्सानीमा गएको देखिन्छ ।

वित्तीय विवरणअनुसार रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्स नोक्सानीमा गएका हुन् । बाँकीमध्ये मञ्जुश्री फाइनान्स, गोर्खाज फाइनान्स, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको खुद मुनाफा सामान्य बढेको छ । आईसीएफसी फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट एन्ड बैंकिङ, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र नेपाल फाइनान्सको खुद मुनाफा घटेको छ । सबै फाइनान्स कम्पनीहरूको खुद मुनाफा गत आर्थिक वर्षमा एक अर्ब ११ करोड तीन लाख ४७ हजार रूपैयाँ छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५८ लाख २१ हजार रूपैयाँले मात्र बढी हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको यस्तो नाफा एक अर्ब १० करोड ४५ लाख २५ हजार रूपैयाँ थियो ।

समीक्षा अवधिमा रिलायन्स फाइनान्स १५ करोड ४१ लाख २९ हजार रूपैयाँ खुद नोक्सानीमा छ । अघिल्लो आर्थिक वर्षमा रिलायन्सले सात करोड ११ लाख ४७ हजार रूपैयाँ नाफा कमाएको थियो । प्रोग्रेसिभ फाइनान्सले पनि गत आर्थिक वर्षमा २९ करोड दुई लाख २९ हजार रूपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा प्रोगेसिभले पाँच करोड एक लाख ४८ हजार रूपैयाँ नाफा कमाएको थियो । समृद्धि फाइनान्सले पनि सात करोड ९८ लाख ४८ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्ष समृद्धिले दुई लाख २८ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

यस्तै, मञ्जुश्री, गोर्खाज, पोखरा र मल्टीपर्पस फाइनान्सको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९मा १० करोड ८४ लाख रूपैयाँ खुद मुनाफा कमाएको मञ्जुश्रीले गत आर्थिक वर्ष २९ करोड १५ लाख ४७ हजार रूपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्ष ३५ करोड १२ हजार रूपैयाँ नोक्सानीमा रहेको गोर्खाजले गत आर्थिक वर्ष १५ करोड ६७ लाख ६१ हजार रूपैयाँ कमाएको छ । पोखरा फाइनान्सले अघिल्लो आर्थिक वर्षमा १० करोड १३ लाख २३ हजार रूपैयाँ कमाएकोमा गत आर्थिक वर्ष १२ करोड ३० लाख ९४ हजार रूपैयाँ मुनाफा गरेको छ । यस्तै, मल्टीपर्पस फाइनान्सले आफ्नो मुनाफा २३ लाख ५४ हजार रूपैयाँबाट बढाएर पाँच करोड ९२ लाख २२ हजार रूपैयाँ पु¥याएको छ ।

आईसीएफसी, गुडविल, श्री इन्भेष्टमेन्ट र गुह्ेश्वरी मर्चेन्ट फाइनान्सको खुद मुनाफा भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूले क्रमशः २० करोड छ लाख, १४ करोड ६६ लाख ३२ हजार, नौ करोड नौ लाख र छ करोड नौ लाख ८६ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए । आर्थिक वर्ष २०७९/८० मा यी कम्पनीहरूले क्रमशः १६ करोड ५२ लाख पाँच हजार, नौ करोड १० लाख २३ हजार, छ करोड ७४ लाख ९४ हजार र पाँच करोड ५९ लाख ९९ हजार रूपैयाँ कमाएका छन् । यसैगरी बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र नेपाल फाइनान्सको पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा घटेको छ ।

अघिल्लो आर्थिक वर्षमा यी फाइनान्सहरूले क्रमशः १६ करोड ७२ लाख एक हजार, पाँच करोड ५९ लाख ८९ हजार र चार करोड ८५ लाख ७७ हजार रूपैयाँ खुद मुनाफा कमाएकोमा गत आर्थिक वर्षमा यस्तो नाफा घटेर क्रमशः तीन करोड ८८ लाख ६९ हजार, तीन करोड ४७ लाख ४९ हजार र दुई करोड ५६ लाख ८१ हजार रूपैयाँमा झरेको छ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया