काठमाडौं । चालू आर्थिक वर्षको साउनमा जीवन बीमा कम्पनीहरूको सक्रिय बीमालेखको संख्या एक लाख १५ हजार सात सय ८१ ले घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तमा सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख २१ हजार पाँच सय ४० छ । यो संख्या असार मसान्तमा एक करोड ४१ लाख ३७ हजार तीन सय २१ थियो ।
तथ्यांकअनुसार एक महिनामा नौ हजार सात सय ८९ वटा पोलिसी सरेन्डर भएका छन् । यसबापत बीमा कम्पनीबाट एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बाहिरिएको छ । आर्थिक मन्दीका कारण बीमा सरेन्डर गर्नेहरूको संख्या उच्च रहेको जानकारहरू बताउँछन् । आर्थिकरूपमा सहज हुँदा मात्रै बीमामा आकर्षण देखिने भएकाले पनि मन्दी आउँदा बीमाको ‘सरेन्डर’ दर बढी देखिएको बीमा कम्पनीहरू बताउँछन् ।
साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेका छन् । यो शुल्क असारमा भन्दा करिब दुई अर्ब रुपैयाँले बढी हो । असारमा जीवन बीमा कम्पनीले १७ अर्ब ८१ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
बीमा कम्पनीहरूले साउनमा मात्रै एक खर्ब ५३ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बीमांकबराबरको आठ लाख ३३ हजार दुई सय ३३ वटा बीमालेख जारी गरेका छन् । यसबापत कम्पनीहरूले दुई अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको देखिन्छ भने नवीकरण गरेबापत १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ संकलन गरेका छन् । गत असारमा बीमा कम्पनीहरूले ११ लाख सात हजार नौ सय ७० वटा बीमालेख जारी गरेका थिए ।
अहिले नेपालमा १४ वटा जीवन बीमा कम्पनी र दुईवटा जीवन बीमा व्यवसाय गर्ने लघु बीमक कम्पनी सञ्चालनमा छन् ।
जीवन बीमा व्यवसाय गर्ने बीमकहरूले साउनसम्म जारी गरेको लघु बीमालेखअन्तर्गत सक्रिय बीमालेखको संख्या ३९ लाख ५३ हजार आठ सय ६७ रहेको छ । साउनमा मात्रै एक लाख ६४ हजार एक सय ७१ लाख लघु बीमालेख जारी भएको देखिन्छ । यस्तै लघु बीमाबाट आर्जित बीमाशुल्क १३ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखअन्तर्गत साउनमा ५८ अर्ब ८० करोड रुपैयाँबराबर बीमाङ्क रकमको बीमा गराएको देखिन्छ । यो अवधिमा ५८ हजार आठ सय बीमालेख जारी भएको छ भने २४ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । साउन महिनासम्म कुल सक्रिय वैदेशिक रोजगार बीमालेखको संख्या १६ लाख ७६ हजार दुई सय ९६ छ ।
बीमा प्राधिकरणका अनुसार साउनमा निर्जीवन बीमा कम्पनीहरूले जारी दुई लाख १३ हजार आठ सय २८ वटा बीमालेख जारी गरेका छन् । बीमा कम्पनीहरूले १३ खर्ब ९१ अर्ब ९३ करोड १९ लाख रुपैयाँबराबरको बीमा गराएका छन् । साउनमा निर्जीवन बीमा कम्पनीले तीन अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको देखिन्छ । लघु बीमालेखतर्फ बीमा कम्पनीहरूले एक अर्ब ५६ करोड ७३ लाख रुपैयाँबराबरको दुई हजार १५ वटा बीमालेख जारी गरेका छन् । यसबापत २९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार साउनमा जारी भएका दुई लाख १३ हजार आठ सय २८ बीमालेखमध्ये ४५ हजार आठ सय १५ सम्पत्ति, १३ हजार ४५ सामुद्रिक, सात हवाई, एक लाख २४ हजार छ सय ७५ मोटर, एक हजार चार सय ९८ इन्जिन, ११ हजार सात सय ५४ कृषि तथा बाली, दुई हजार १५ लघु र १५ हजार १९ वटा विविध शीर्षकमा बीमालेख जारी भएका छन् ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया