एक वर्षमा १९ प्रतिशतले बढ्यो बीमा क्षेत्रको लगानी
२८ कम्पनीको कुल लगानी छ खर्ब २८ अर्ब
काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड रूपैयाँले बढेर छ खर्ब २८ अर्ब ९६ करोड रूपैयाँ पुगेको हो ।
नेपालमा हाल १४ वटा जीवन बीमा कम्पनी, १४ वटा निर्जीवन बीमा कम्पनी, दुईवटा पुनर्बीमा कम्पनी र चारवटा लघुविमा कम्पनीसहितका कुल ३४ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेको भए पनि यो कुल लगानी भनेको जीवन र निर्जीवन समेत गरी २८ वटा कम्पनीको भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ भने बीमा कम्पनीहरूको कुल लगानी पाँच खर्ब २७ अर्ब ३७ करोड रूपैयाँ मात्र रहेको थियो । बीमा कम्पनीहरूको कुल लगानीमध्ये जीवन बीमा कम्पनीहरूको मात्र कुल लगानी २० दशमलव २९ प्रतिशतले बढेको छ । जसअनुसार आर्थिक वर्ष २०७८/७९ मा चार खर्ब ७३ अर्ब १६ करोड रूपैयाँ रहेको जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा ९६ अर्ब रूपैयाँले बढेर पाँच खर्ब ६९ अर्ब १६ करोड रूपैयाँ पुगेको छ ।
निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी भने पछिल्लो अवधिमा १० दशमलव ३२ प्रतिशतले बढेको छ । सोअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५४ अर्ब २० करोड रूपैयाँ रहेको निर्जीवन बीमा कम्पनीहरूको कुल लगानी आर्थिक वर्ष २०७९/८० मा पाँच अर्ब ५९ करोड रूपैयाँले बढेर ५९ अर्ब ७९ करोड रूपैयाँ पुगेको छ । पछिल्लो अवधिमा बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन भने दुई दशमलव ८७ प्रतिशत अर्थात् पाँच अर्ब १० करोड रूपैयाँले बढेको छ । प्राधिरणका अनुसार आर्थिक वर्ष २०७८/७९ जीवन र निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन एक खर्ब ७७ अर्ब ८१ करोड रूपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा यस्तो रकम बढेर एक खर्ब ८२ अर्ब ९१ करोड रूपैयाँ पुगेको हो । यसरी बढेको कुल रकममध्येमा जीवन बीमा कम्पनीहरूको मात्र कुल बीमाशुल्क संकलन आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा दुई दशमलव ८४ प्रतिशत अर्थात् तीन अर्ब ९३ करोड रूपैयाँले बढेर एक खर्ब ४२ अर्ब ५७ करोड रूपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जीवन बीमा कम्पनीहरूको यस्तो रकम एक खर्ब ३८ अर्ब ६४ करोड रूपैयाँ थियो ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन दुई दशमलव ९८ प्रतिशत अर्थात् एक अर्ब १७ करोड रूपैयाँले बढेर ४० अर्ब ३४ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम ३९ अर्ब १७ करोड रूपैयाँ थियो ।
पछिल्लो समय जीवन बीमाको दायरमा आएको कुल जनसंख्या भने ३९ दशमलव शून्य तीन प्रतिशत पुगेको छ । यो संख्या भने वैदेशिक रोजगार बीमाबाहेकको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यस्तो संख्या ३८ दशमलव ४४ प्रतिशत थियो । वैदेशिक रोजगार बीमासहित जीवन बीमाको दायरामा आएको कुल जनसंख्या भने आर्थिक वर्ष २०७०/८० मा ४४ दशमलव ३८ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा भने यस्तो संख्या ४१ दशमलव ३९ प्रतिशत रहेको प्राधिकरणको भनाइ छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया