काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् ।
प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरे । मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बीमाको पहुँच पु-याउन र बीमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गरे ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बीमा नीति निर्माणका साथै बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न वर्गको बीमा गर्नु उपयुक्त हुने सुझाव दिँदै बीमाबाट विपन्न वर्गको आर्थिक रक्षावरण हुनुका साथै गरिबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बीमाका बारेमा नागरिकलाई जानकारी दिई बीमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बीमा गर्नु उचित हुने, बीमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बीमा कम्पनीहरू गाउँगाउँमा जानुपर्ने, बीमा कम्पनीले निर्जीवन बीमा खुशी भएर गर्ने तर बीमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बीमालेखलाई सरल र छोटो बनाउनुपर्नेलगायतका धारणा राखेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया