बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवनबीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता)को अनलाइन परीक्षा सुरू गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भएबमोजिम प्राधिकरणले पहिलोपटक जीवनबीमा अभिकर्ताको अनलाइन परीक्षा सुरू गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपन्डोल, ललितपुरमा जीवनबीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ गरेका हुन् । अध्यक्ष सिलवालले परीक्षामा सफल भई इजाजतपत्र पाउने बीमा अभिकर्ताहरूले गर्ने व्यवसायबाट बीमासम्बन्धी सही सूचना प्रवाह हुने र हाल बीमा बजारमा देखिएको बीमालेख व्यतित तथा सरेण्डरको समस्या समाधानमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आइतबार पहिलो दिन सञ्चालित जीवनबीमा अभिकर्ता अनलाइन परीक्षामा देशका विभिन्न स्थानबाट ४७ जना परीक्षार्थीहरू अनलाइन माध्यमबाट सहभागी भएका थिए ।
अनलाइन परीक्षा सञ्चालनको शुभारम्भ कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल उपस्थित रहेका थिए । जीवनबीमा अभिकर्ताका लागि हाललाई एकपटकमा एक सय जनासम्मले अनलाइन माध्यमबाट परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ । परीक्षा सञ्चालन भएको मितिले सात दिनभित्र जीवनबीमा अभिकर्ताको परीक्षाफल प्रकाशन गरिनेछ । जीवनबीमा अभिकर्ताको अर्को परीक्षा यही कात्तिक २०, २२ र २४ गतेका लागि तोकिएको छ । इन्स्योरेन्स रेगुलेटेरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस)मार्फत् बीमा अभिकर्ताको परीक्षाका लागि आवेदन दिने, एजेन्ट एक्साम सिस्टमबाट आवेदन शुल्क बुझाउने, परीक्षा मिति चयन गर्ने तथा परीक्षा उत्तीर्ण हुनेले इजाजतपत्र शुल्क बुझाउने र आईआरएमआईएसबाट नै बीमा अभिकर्ताको इजाजतपत्र अनलाइनमार्फत प्रिन्ट गरेर लिन सकिने व्यवस्था प्राधिकरणले गरेको छ ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 10
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया