साथीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
काठमाडौं । धनुषा निवासी राजिव कुमार पण्डितको विवाहकमा साथीहरूले जीवन बीमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न भएको विवाहमा जीवन बीमा योजना उपहार दिएका हुन् । प्रभु लाइफ इन्स्योरेन्सको सम्बृद्ध जीवन बीमा योजना उपहार दिएका हुन् ।
आफ्नो साथीको विवाहमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमलेबताए । विवाहमा अन्य जिन्सी उपहार दिनुभन्दा जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरे । यसले विवाहकै दिनदेखि नै निश्चिन्त भविष्य प्रदान गर्ने आशा लिएको बताए ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट सिनियर एजेन्सी म्यानेजर एमडी सिराजुल आलम र बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह एवं अभिकर्ताहरूको उपस्थिति थियो । राजिव कुमार पण्डितको विवाह नेहा भारतीसँग भएको थियो । दुलाहा राजिव कुमार पण्डित ग्लोबल आईएमई बैंक कुमारीपाटी शाखामा कार्यरत छन् ।
क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
- एमालेलाई एक्ल्याउने र किनारा लगाउने काम भएको छ– उपाध्यक्ष पौडेल
- ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ?
- चियाको पहिलो टिपाइ सुरु
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया